प्रहरी चौकीमा नारावाजी गरेपछि मात्र जाहेरी दर्ता

प्रकाश न्यौपाने , ४१  पटक हेरिएको

नवलपरासी, भदौ १०

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १४ को वडा कार्यालयमा यहि भदौ ७ गते भएको कुटपिट घट्नाको जाहेरी दर्ता भएको छ । प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेपछि प्रहरी चौकी जाहेरवाला पक्षले नारावाजी गरिएको थियो ।

घट्ना घटेको ४८ घण्टा सम्म पनि जाहेरी दर्ता नभएकोमा ईलाका प्रहरी कार्यालय बर्दघाटमा स्थानियवासीहरुले प्रहरी चौकी घेराहालेर चर्को नारावाजी गर्न लागेपछि मात्र पीडितको उजुरी दिउँसो ३ बजे लिएको थियो । इलाका प्रहरी कार्यालय बर्दघाटमा दर्ता नम्बर १३ मा ज्यान मार्ने सम्बन्धि कसुर भदौ ८ गतेको दरखास्त सुचना प्राप्त भइ भदौ ९ गते दर्ता प्रहरी कार्यालयको दर्ता किताबमा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

जग्गाको बिषयमा बिवाद हुँदा वडा कार्यलयमा नै पार्वती क्षेत्री र राजबहादुर क्षेत्रीलाई रगताम्य हुनेगरी कुटपिट भएको थियो। कुटपिटका क्रममा घाईते भएका राजबहादुर क्षेत्री अहिले पनि अस्पतालको आईसियुमा राखेर उपचार भैरहेको घाइतेकी श्रीमति पार्वती क्षेत्रीले बताउनु भएको छ । यता वडा कार्यालयमा बोलाएर ज्यान मार्ने नियतले नै सामुहिक कुटपिटगरी घाईते बनाएको भन्दै पिडितका आफन्ती रितुराज जि.सीले बर्दघाट–१४ बस्ने रितमान कामु, प्रेम कामु, जिवन कामु र कृष्ण कामु गरी चार दाजुभाईको नाम किटान जाहेरी दर्ता गर्दै कानुनी कार्वाहिको माग गरेका छन् । ज्यान मार्ने उद्योगमा किटान जाहेरी दर्ता गर्दै घाइतेको उपचार खर्चको क्षतिपुर्तिको र कानुनी कार्वाहीको माग गरेका छन् ।

कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत हुनु हाे भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुनु हाे । अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुनु हाे । करिब दुईबर्ष अघि पनि स्थानिय लक्ष्मण हमालसंग बिवाद हुदा कामु दाजुभाई नै हमालको घरमा गई कुटपिट गरेको घटनालाई मिलापत्रमा सुल्झाईएको थियो ।

पीडित समूहले फौजदारी अभियोग अन्तर्गत ज्यानमार्ने कसुरमा ईलाका प्रहरी कार्यालय बर्दघाटमा किटानी जाहेरी दिँदा समेत अहिले पनि मेलमिलापमै गएर मुद्दा सुल्झाइन्छ कि भन्ने आशंका धेरैले राखेको बताउँदै पार्वती क्षेत्रीले अहिले कानुनी दायरामा नल्याइ नछाड्ने बताउनु भयो । ‘पहिला पनि फौजदारी मुद्दालाई मिलापत्रमा मिलाइएको हुँदा अहिले पनि धेरैले त्यस्तो कुरा गरेको सुनिन्छ तर दोषी उपर कानुनी कार्वाही हुनु पर्छ भनेर नै हामीले किटानी जाहेरी दर्ता गरेका छौं ।’

घटनामा संलग्न कामु दाजु भाईलाई राजनीति आडमा शत्ता र शक्तिकै कारण जोगाउने चलखेल भइ न्याय नपाईने होकि भन्ने समेत पीडित पक्षले आशङ्का गरेका छन । ‘वडा कार्यालय जस्तो सार्वजनिक स्थानमा महिला माथी दाजुभाई नै लागेर रगतै बग्नेगरी अभद्र व्यवहार गर्दै कुटपिट गर्नु राजनीतिक शक्तिको आडमा जे गरेपनि हुन्छ भन्ने हो’ । एक जना प्रत्यक्षदर्शी महिलाले भनुभयो ।

महिलाको शरिरमाथि पटक पटक खुट्टा बजारेको र छुटाउन जादा उनका श्रीमान् माथि आक्रमण भएको पीडितले बताएका छन् । दाजुभाइ नै मिलेर गुण्डागर्दी शैलीमा श्रीमान श्रीमतिमाथि साङ्घातिक हमला गरेकाे उहाँले बताउनु भयो । उहाँ भन्नुहुन्छ “हेर्नुस भर्याङदेखि तलसम्मै रगत छ । पुरुषले महिलामाथि यस्तो हर्कत गरे नछुट्याएको भए उनको ज्यानै जान सक्थ्यो । जाहेरी दर्ता गर्न नै यस्तो कठिना भयो । प्रहरी प्रशासन माथि पुर्ण भरोसा छैन । राजनीतिक आडमा सामसुम पार्न पनि खोजिन्छ यहाँकाे चलन नै यस्तै छ ।’

वडा कार्यालयमा कुटपिटको घटना घट्नु दु:खद भएको भन्दै बर्दघाट १४ वडाध्यक्ष सन्तबहादुर गाहाले विज्ञप्ती नै जारी गर्नु भएको छ । शान्त पुर्व छलफल चलेर लगभग टुङ्गीसकेको थियो । १ मिनेटमा नै हात पात र कुटपिट भयो । कानुन अनुसार दोषि उपर कार्यवाही हुनुपर्छ । अध्यक्ष गाहाको भनाई रहेको छ ।

स्थानिय युवाहरुले भने दवाब र प्रभावमा परेर समाजमा अराजकहरुको विगबिकी बढेको भन्दै त्यसको विरोध गर्न सबैलाई आव्हान गरेका छन् । कुनै पनि घटनाका पिडितहरुको जाहेरी प्रहरीले लिनु पर्नेमा मान्छे हेरर मात्र जाहेरी लिने गरेका कारण राजबहादुर क्षेत्रीले न्याय नपाउने भन्दै उनको न्यायका लागि भदौ ११ गते (भोलि ) बर्दघाट नगरपालिकामा प्रर्दशनमा सहभागि हुन आव्हान गरेका गरेका छन् ।

प्रहरीमा नाम नै तोकेर किटानी जाहेरीमा परेका बर्दघाट–१४ बस्ने रितमान कामु, प्रेम कामु र जिवन कामुसंग घट्नाको बारेमा थप जानकारी लिन मोवाईलमा फोन गर्दा स्विचअफ भएका कारणले कुनै प्रतिक्रिया लिन भने सकिएन ।

प्रकाशित मिति: २०२४-०८-२६ , समय : २०:०७:१९ , २ महिना अगाडि