संचारिका समुह नेपाल रुपन्देहीद्धारा बुटवलमा तीज मिलन कार्यक्रम

रुपन्देही खबर , ६१  पटक हेरिएको

भैरहवा, भदौ ९

संचारिका समुह नेपाल रुपन्देहीले बुटवलमा तीज मिलन कार्यक्रम २०८१ सम्पन्न गरेको छ संचारिका समुह नेपाल रुपन्देहीका अध्यक्ष निरु गौतमको अध्यक्षता तथा संचारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलको प्रमुख आतिथ्यतामा तीज मिलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अनमोलले संचारिका समुहमा आबद्ध भएका संचारकर्मी महिलाहरुले नारीहरुको महान चाड हरितालिका तीजको संरक्षणका लागी पुरानै शैलीमा तीज मनाउदै आएको बताउनु भएको छ । उहाले अरु दिन आफनो कार्य ब्यस्ततामा रमाइरहेका संचारकर्मी महिलाहरुले एक दिन आफनो सुखदुख बिसाउने चौतारीको रुपमा तीज मनाउदै आएको बताउनु भयो ।

यस्तै गरी कार्यक्रममा संचारिका समुह रुपन्देहीको अध्यक्ष निरु गौतमले संचारिका समुह पत्रकार महिलाहरुको लागी संगठित भएको संस्था भएको बताउदै यसले लामो समय देखि पत्रकार महिलाहरुको क्षमता बढाउने, संगठित गर्ने जस्ता बिभिन्न किसिमका कार्यक्रमहरु गर्दै आए पनि कहिले काही पत्रकार महिलाहरुको सुखदुख साटने , गाउने र रमाउने उदेश्यका साथ तीज मिलन कार्यक्रम आयोजना गरेको बताउनु भएको छ । उहाले तीज मिलन कार्यक्रममा लाउन आमा मेरो कर्म छैन राम्रो हुदैन । खाउन छोरी खाउ काकरीको अचार , खान्न आमा मलाई सन्चो छैन मिठो हुदैन लगायतका बोलका गीत गाउदै गाउघरमा मनाइने तीजको झल्को दिलाउनु भएको थियो ।

यस्तै गरी लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले कार्यक्रममा सहभागी भएका संचारकर्मी महिलाहरुलाई शुभकामना दिदै महिलाहरुले जहिले पनि महिला सशक्तिकरणका कुरा उठाउदै आएको र आफनो कार्य क्षेत्रमा ब्यस्त रहे पनि आफनो मौलिक परम्पराहरुलाई संरक्षण गर्दै त्यसमा भएका बिकृतीहरुलाई हटाउदै जानुपर्ने बताउनु भएको छ । उहाले संस्कार र संस्कृती राष्ट्रको सम्पत्ति भएकोले यसलाई जोगाउनु पनि हामै्र कत्र्तब्य भएको उल्लेख गर्नु भयो ।


तीज मिलन कार्यक्रममा रुपन्देही जिल्लामा रहेर सक्रिय रुपमा कलम चलाउदै आइरहेका महिला संचारकर्मीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अस्मिना पाण्डेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०८-२५ , समय : २२:५३:३७ , २ महिना अगाडि