नवलपरासीमा जग्गा बिवादमा दम्पति माथी कुटपिट

रुपन्देही खबर , ४०  पटक हेरिएको

नवलपरासी, भदौ ८

जग्गाको बिषयमा बिवाद हुदा पश्चिम् नवलपरासीमा एक दम्पतीमाथि रगताम्य हुनेगरी कुटपिट भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १४ को कार्यालय हाता भित्र छलफलका क्रममा बिवाद हुदा अर्को पक्षले सोही ठाउँ निवासी राजबहादुर क्षेत्री र उनकी श्रीमति पार्वती क्षेत्रीमाथी रगताम्य हुनेहरी कुटपिट गरेका छ्न ।

वडा नम्बर १४ धर्मबस्ती बस्ने प्रेम बहादुर कामु र उनका दाजुभाई कृष्ण कामु, रितमान कामु सहित तीन जनाको समुहले महिला पार्वती क्षेत्रीलाई समेत लछार पछार गरि आक्रमणमा उत्रिएका हुन । कामु दाजुभाइले पार्वतीका श्रीमान राजबहादुर क्षेत्रीलाई समेट कुटपिट गर्दा उनको आखामा गहिरो चोट लागेको छ । घटनाको प्रकृति हेर्दा समेत वडा कार्यालय परिसर रगताम्य देखिन्छ । जग्गा सम्बन्धि बिवादमा दुबै समुहलाई छलफलका लागि बोलाईएकोमा बिवाद हुदा बिबाद चर्किएपछी महिलाले थप्पड प्रहार गरेको र त्यसपछि महिला माथी दाजुभाई नै मिलेर लछार पछार गरेको प्रत्यक्षदर्शीले बताएका छन । उनलाई अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा आईसियुमा राखेर उपचार भैरहेको पारिवारिक श्रोतले जनाएको छ ।

कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत हुन भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हुन भने अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुन । करिब दुईबर्ष अघि पनि स्थानिय लक्ष्मण हमालसग बिवाद हुदा कामु दाजुभाई नै हमालको घरमा गै कुटपिट गरेका थिए । घटनाले राजनीतिक रुप लिन खोजेपछि घटना मिलापत्रमा सुल्झाईएको थियो । “वडा कार्यालय जस्तो सार्वजनिक स्थानमा एउटा महिला माथी दाजुभाई नै लागेर रगतै बग्नेगरी कुटपिट गर्नु राजनीतिक शक्तिको आडमा जे गरेपनी हुन्छ भन्ने हो”एक जना प्रत्यक्षदर्शी महिलाले भनिन ।महिलाको शरिरमाथी पटक पटक खुट्टा बजारेको र छुटाउन जादा उनका श्रीमान् माथी आक्रमण भएको पिडितले बताएका छन ।दाजुभाई नै मिलेर गुण्डागर्दी शैलीमा श्रीमान श्रीमतिमाथी साङ्घातिक हमला गरेका थिए।

“हेर्नुस भर्याङ देखि तल सम्मै रगत छ तीन जना पुरुषले महिलामाथी यस्तो हर्कत गरे नछुट्याएको भए उनको ज्यानै जान सक्थ्यो”प्रहरी प्रशासन माथी हामिलाई पुर्ण भरोसा छैन । राजनीतिक आडमा सामसुम पार्न पनि खोजिन्छ यहाको चलन नै यस्तै छ “। स्थानीय एक महिलाले भनिन ।

पीडित समुहले फौजदारी अभियोग अन्तर्गत ज्यानमार्ने कसुरमा ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएका छन । घटनामा संलग्न कामु दाजुभाईलाई शत्ता र शक्तिको आडमा जोगाउने चलखेल भइ न्याय नपाईने होकि भन्ने समेत पिडित पक्षले आशङ्का गरेका छन ।

वडा कार्यालयमा कुटपिटको घटना घट्नु दु:खद भएको अध्यक्ष अध्यक्ष सन्त बहादुर गाहाले बताउनु भयो । ” शान्त पुर्व छलफल चलेर लगभग टुङ्गीसकेको थियो । १ मिनेटमा नै हात पात र कुटपिट भयो । कानुन अनुसार दोषि उपर कार्यवाही हुनु पर्छ ।” अध्यक्ष अध्यक्ष गाहाले भन्नु भयो ।

प्रकाशित मिति: २०२४-०८-२४ , समय : ११:०९:१० , २ महिना अगाडि