श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा निशुुल्क आँखा शिविर

शिविरबाट ३ सय ५९ जना लाभान्वित

पार्वती थारु , ३९  पटक हेरिएको

तिलोत्तमा,भदौ ८

श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि निशुल्क दृष्टि परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस साेसाईटी मणिग्राम उपशाखाकाे सभापति टेकबहादुर थापाकाे अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाकाे प्रमुख आतिथ्यतामा निशुुल्क आँखा शिविर गरिएको हो । विद्यालयमा विद्यार्थीकाे पढाइ लेखाइ मात्र नभएर जिवनकाे अति संवेदनशिल अंग आँखा भएकोले त्यसकाे समयसमयमा चेकजाँच गर्नुपर्ने र आँखालाई सुरक्षित राख्नु पर्ने सहभागीहरुले बताएका थिए ।

नेपाल रेडक्रस साेसाईटी मणिग्राम उपशाखाकाे समन्वय र श्री कृष्ण नेत्रालय प्रा लि सिद्धार्थनगर भैरहवाकाे आयाेजनामा संचालन भएको
निशुुल्क आँखा शिविरबाट ३ सय ५९ जनाले लाभ लिएका थिए । । यसैगरि मेराे सेकेन्ड टिचर नेपालका लिलाधर रिमाल, श्री कृष्ण नेत्रालयका माेलह गुप्ता, विद्यालयका प्रअ दुर्गा नारायण श्रेष्ठ, सह प्रअ पुण्य वहादुर वगाले,शिक्षक दिपेश पन्थ लगायत शिक्षक विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे। साेसाइटीका सदस्य रुकु पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने पश्चिम पहुनि जुनियर तथा रेडक्रस सर्कलका शिक्षक नायक इन्दिरा गिरिकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रकाशित मिति: २०२४-०८-२४ , समय : ०८:३६:५६ , २ महिना अगाडि