रुपन्देहीमा लागुऔषध सहित एक जना पक्राउ

रुपन्देही खबर , ४०  पटक हेरिएको

भैरहवा,भदौ ४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ३ बस्ने ३१ बर्षिय देवेन्द्र सुनार रहेका छन । प्रहरीका अनुसार सोमबार बुटवल उपमहानगरपालिका वडा नंम्बर ३ तल्लो सिद्धबाबामा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुटवल पाल्पा सडक खण्डमा गण्डकी एएए २३१८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा नुफिन २ सय ११ एम्पुल, डाईजेपाम २२१ एम्पुल, फेनेरागन २२१ एम्पुल लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

बरामद भएको लागु औषध र मोटरसाइकल नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-२० , समय : २०:०९:४५ , २ महिना अगाडि