राजेश थापाको संगीतमा “माया बस्यो संगिनी ” सार्वजनिक

रुपन्देही खबर , ५७  पटक हेरिएको

काठमाडौं, साउन ३२

तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गर्नु भएको छ । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गर्नु भएको छ। भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०८-१६ , समय : २०:५०:०७ , २ महिना अगाडि