नवलपरासीको रामग्रामबाट लागुऔषध सहित दुई जना पक्राउ

रुपन्देही खबर , ४२  पटक हेरिएको

नवलपरासी, साउन २७

जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहिया बस्ने ४० वर्षिय अनिल कुमार कुर्मी र ५४ वर्षिय फेकु पासी रहेका छन ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति उनीहरुलाई रामग्राम नगरपालिका वडा नम्बर १७ पिपरहियाबाट पक्राउ गरेको हो । युपि ५७ एच ८६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-११ , समय : १९:२४:२२ , २ महिना अगाडि