प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव बीच भेटवार्ता

रुपन्देही खबर , ३८  पटक हेरिएको

काठमाडौं , साउन २७

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो।

भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बिहान नेपाल आउनु भएको थियो । भारतीय विदेश सचिव मिस्रीले शीतल निवासमा आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भएको हो ।

प्रकाशित मिति: २०२४-०८-११ , समय : १७:१२:०५ , २ महिना अगाडि