प्रथम मगर साहित्य महोत्सवबारे मगर पत्रकारहरुबिच छलफल

रुपन्देही खबर , ५६  पटक हेरिएको

साउन, कञ्चन २७

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा यही माघ २१ र २२ गते संचालन हुन लागिरहेको प्रथम मगर साहित्य महोत्सवबारे मगर पत्रकारहरु बिच छलफल भएको छ। आफ्नो कथा आफै लेखौं भन्ने नारा सहित संचालन हुने महोत्सवलाई प्रचार प्रसार गर्न र महोत्सव संचालनबारे अनुभव आदान प्रदान समेत गरिएको हो। छलफल कार्यक्रममा प्रथम मगर साहित्य महोत्सवबारे महोत्सव तयारी समितिका प्रवक्ता तथा सूचना अधिकारी शंकर गाहाले महोत्सवको ऐतिहासिकता, महोत्सवले दिने सन्देश र मगर लेखक तथा साहित्यकारहरुमा हुने उर्जा र प्रभावबारे जानकारी गराउनु भएको थियो ।

यस्तै नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष सनु थापाले प्रथम मगर साहित्य महोत्सव आयोजनाको गर्नुको कारण र यसले मगर भाषा, साहित्य, कला र संस्कृतिमा पार्ने दिर्घकालिन प्रभावका बिषयमा जानकारी गराउनु भएको थियो । कुनै पनि जाती, क्षेत्र वा समुदायको ईतिहास वा बलियो हतियार भनेको त्यो जातीको भाषा, साहित्य र कला संस्कृति भएकोले साहित्य लेखनमा मगर लेखकहरुलाई उत्प्रेरित गर्न महोत्सवको आयोजना गर्न लागिएको समेत अध्यक्ष थापा मगरले बताउनु भयो।

कार्यक्रममा प्रथम मगर साहित्य महोत्सव तयारी समितिका सदस्य तथा प्रचार प्रसार उप समितिका संयोजक यम रानाले मगरहरूको विषयमा सत्य तथ्य संकलन गरी समन्वयकारी सञ्जाल निर्माण गर्न र कला, साहित्य र बौद्धिक तथा मानसिक अभ्यास हुने क्षेत्रमा मगर समुदायको प्रभावकारी उपस्थिति गराउन महोत्सव मध्यम बन्ने उल्लेख गर्नु भयो। महोत्सवलाई ब्यापक बनाउन हरेक क्षेत्रका पत्रकारहरुको भूमिका महत्वपुर्ण हुने भएकोले सबै क्षेत्रका पत्रकारहरुको सुझाव, सहकार्य रु समन्वयमा आयोजक संस्था नेपाल मगर महिला संघ रुपन्देही सदैव प्रतिवद्ध भएको संयोजक रानाले बताउनु भयो ।

कार्यक्रममा महोत्सव प्रचार प्रसार उपसमितिमा रुपन्देहीका सबै मगर पत्रकारहरु सदस्यको रुपमा मनोनित गरिएको नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले जानकारी समेत गराउनु भयो। प्रथम मगर साहित्य महोत्सव तयारी समितिका सदस्य तथा प्रचार प्रसार उप समितिका संयोजक यम रानाको सहजिकरणमा भएको कार्यक्रममा प्रथम मगर साहित्य महोत्सव तयारी समितिका सदस्य तथा ईतिहास अभिलेख तयारी उपसमितिका संयोजक जेवी दर्लामीले मगर तथा गैर मगर लेखकहरुद्वारा प्रकाशिच वा लिखित कुनै पनि लेख रचना, कृति तथा अध्ययन प्रतिवेदनहरुको संकलन र दस्तावेजिकरणका लागि सहयोग र आवस्यक सल्लाहको अपेक्षा रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रमम फोनिज लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा, फोनिज रुपन्देही अध्यक्ष सनु थापा, लोकनेश ढेंगा मगर, प्रविण गाहा मगर, डिवी सुस्लिङ्ग, सुन्दर तरामु, मिन राना, गेविन्द घर्ति मगर, आकृति थापा मगर लगायत पत्रकारहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२४-०८-११ , समय : १०:१७:३६ , ४ महिना अगाडि