भीम अस्पतालमा ‘मर्चुरी फ्रिज सेवा’अब रु.५ सयमै

रुपन्देही खबर , ६३  पटक हेरिएको

भैरहवा, साउन २५

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले ‘मर्चुरी फ्रिज सेवा’ (शवलाई सुरक्षित राख्ने फ्रिज) को शुल्क रु. ५ सय तोकेको छ । यसअघि अस्पतालले रु. १ हजार रुपैयाँ शुल्क लिदै आएकोमा अब भने यो सेवाका लागि रु. ५ सय लाग्ने भएको छ ।
नागरिकको माग तथा स्थानीय सरोकारवालाहरुको सुझावअनुसार अस्पताल विकास समितिले यो निर्णय गरेको अस्पतालको प्रमुख एवं मेडिकल सुपरीटेण्डेण्ट डा.शकुन्तला गुप्ताले बताउनु भएको छ । ‘हामीले सकेसम्म मर्चुरी फ्रिज सेवालाई निःशुल्क रुपमा उपलब्ध गराउने प्रयास गरेका हौं, तर विद्युतलगायत केही खर्चका कारण तथा अस्पताल विकास समितिलाई पनि भार नपर्ने गरी हाललाई रु. ५ सय तोकेका छौं । मैले दोस्रोपटक अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेपछि यो निर्णय गरिएको हो, ’उहाले भन्नु भयो ।
त्यस्तै अस्पतालमा स्वास्थ्य बीमा सेवा र ज्येष्ठ नागरिकको लागि फार्मेसी सेवाका निम्ति छुट्टै युनिट स्थापना गरिएको डा. गुप्ताले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०८-०९ , समय : १३:५९:४६ , २ महिना अगाडि