गुल्मीमा पहिरोमा परि ४ को मृत्यु, २ जना घाइते

रुपन्देही खबर , ४६  पटक हेरिएको

गुल्मी, साउन २२

गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिंदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन् । रातिदेखि गुल्मीमा अविरल वर्षा भइरहेको छ ।

प्रकाशित मिति: २०२४-०८-०६ , समय : १३:२७:४६ , ३ महिना अगाडि