भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

रुपन्देही खबर , ९२  पटक हेरिएको

भैरहवा, साउन १८

लामो समयसम्म अन्तर्राष्ट्रिय उडानबिहीन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । सरकारले थाई एयर एसियासँग बैंकक–भैरहवा सातामा ४ दिन उडान गर्ने तयारीपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बैंककमा प्रमुख कार्यालय भएको थाई एयरलाइन्सले भैरहवाको उडानको अनुमति पाएको हो । प्राधिकरणका अनुसार सातामा ४ दिन भैरहवा र ३ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।

उहाका अनुसार, प्राधिकरणअन्तर्गत ‘एभिएसन सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन’ निर्देशनालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासन हुँदै प्राधिकरणमा पुगेको प्रस्तावलाई महानिर्देशक प्रदीप अधिकारीले सदर गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०८-०२ , समय : ०८:०५:३१ , ३ महिना अगाडि