रुपन्देही खबर , ७२ पटक हेरिएको
काठमाडौं, साउन १५
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुईबर्ष ढुक्क चल्ने बताउनु भएको छ । मंगलबार सिंहदरबारमा मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै उहाले अहिलेको सरकार स्थीरता भएको सरकार भएको भन्दै दुईबर्ष ढुक्क चल्ने बताउनु भएको हो । त्यसपछि आफुले सरकारको नेतृत्वको कांग्रेसलाई हस्तान्तरण गर्ने उहाले स्पष्ट पार्नु भयो । धोका खाएकाले बदला लिनका लागि नभइ अहिले देश बनाउनका लागि ठूला दल एक भएर सरकार बनाउनुपरेको उहाले बताउनु भएको छ ।
उहाले शान्ति, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने, जनतालाई सहज रुपमा सेवा प्रवाह गर्दै देशको बिकासका लागि सरकार बनेको धारणा राख्नु भएको थियो । देशका लागि केहि गर्रौ भन्ने उदेश्यका साथ सरकार बनेको भन्दै उहाले कसैको व्यक्तिगत स्वार्थका आधारमा अघि नबढ्ने उल्लेख गर्नु भयो । सरकारका रहेका निकायको कामको मूल्याङ्कन पूर्वाग्रहका आधारमा नहुने उहाले बताउनु भएको छ ।
उहाले काम गर्नका लागि सहजता प्रदान गर्नका लागि मन्त्रिपरिषद्ले कर्मचारीहरुको सरुवा गरेको दावी गर्नु भयो । प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि काम गर्ने भन्दै भविष्यमा कुनै घटना हुन्छ की भन्ने भयका साथ फाइलमा हस्ताक्षर नगर्ने कामलाई अन्त्य गर्न पनि आग्रह गर्नु भएको छ । उहाले राम्रा कामको संरक्षण सरकारले गर्ने बताउनु भयो ।
नेपाली जनताको जायज आवश्यकताहरुको सहज परिपूर्ति पुरा गर्नुपर्ने भएकाले निरपेक्ष गरिवीको रेखामुनी रहेका २० प्रतिशत जनतालाई त्यसबाट मुक्त गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनु भएको छ । उहाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाले गन्तव्य पहिचान गरि स्पष्ट उदेश्यका साथ कार्यतालिका बनाइ प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले कुनै पनि काम गर्दा ढिलासुस्ती नगर्न, कामको दोहोरोपना हटाउन र समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिनु भएको छ। उहाले सरकारी तलव बुझ्ने कर्मचारीले बैठकका नाममा भत्ता लिने प्रवृतिको अन्त्य गर्नुपर्ने बताउनु भयो । त्यस्तै प्रधानमन्त्रीले सरकारप्रति जनताको निराशा उत्पन्न हुने स्थीतिलाई गम्भीर रुपमा लिन समेत निर्देशन दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०७-३० , समय : २१:२९:२४ , ४ महिना अगाडि