एसिसी महिला एसिया कप २०२४ को उपाधि श्रीलंकालाई

रुपन्देही खबर , ५९  पटक हेरिएको

काठमाडौं, साउन १३

आयोजक श्रीलंकाले एसिसी महिला एसिया कप २०२४ को उपाधि जितेको छ। आइतबार श्रीलंकाको दम्बुलामा भएको फाइनलमा घरेलु टोलीले भारतलाई ८ विकेटले पराजित गरेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १६५ रन जोड्यो।उसका लागि स्मृति मन्धनाले सर्वाधिक ६० रन जोडिन् भने ऋचा घोषले ३० रनको योगदान गरिन्। बलिङमा श्रीलंकाकी कभिसा दिलहरीले २ विकेट लिए। 

१६६ रनकको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर गुणरत्ने एक रनमा आउट भए पनि चमरी अथापथ्थुले ६१ र हर्षिताले नटआउट६९ रन जोडिन्।

श्रीलंकाकी कप्तान अथापथ्थु प्लेयर अफ सिरिज भइन्। श्रीलंकाले पहिलो पटक एसिया कप जितेको हो। यसअघि श्रीलंका पाँच पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेको थिएन।
 

प्रकाशित मिति: २०२४-०७-२८ , समय : २०:५१:२७ , ३ महिना अगाडि