गोरखामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता

रुपन्देही खबर , ९१  पटक हेरिएको

गोरखा ,साउन १३

गोरखामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन्। धार्चे गाउँपालिका-५ रेसास्थित जितबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका हुन्।

जिलला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले पहिरोले घर र कृषि फार्म पुरिएको र पाँच जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको र त्यसतर्फ प्रहरी परिचालन भएको बताउनु भएको छ ।स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।

प्रकाशित मिति: २०२४-०७-२८ , समय : ०८:३६:५४ , ३ महिना अगाडि