जन्मदिनमा अपाङ्ग सेवा संस्थामा भोजन

रुपन्देही खबर , ४३५  पटक हेरिएको

नवलपुर, असार १०

जन्मदिनको अवसरमा कावासोती नगरपालिका ८ स्थित मौलाकालीका अपाङ्ग सेवा संस्थामा भोजन दान गरिएको छ । लामो समयदेखी नवलपुरको कावासोतीमा विशाल मोबाइल सेन्टर संचालन गर्दै आउनुभएका सफल व्यवसायि विशाल तिवारिले आज आफ्नो ३९ औं शुभ–जन्मोत्सवको अवसर पारेर मौलाकालीका अपाङ्ग सेवा संस्थामा आश्रित बालबालिकालाई एकछाक खाना खुवाउनुभएको छ ।

 

जन्मदिनको अवसरमा तिवारीको परिवार नै अपाङ्ग सेवा संस्थामा पुगेर आज (शुक्रबार) विहानको खाना खुवाउनुभएको हो । जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी फरक क्षमता भएका असहाय बालबालिकालाई भोजन गराएर मनको आनन्द मिलेको तिवारीले बताउनुभयो ।

फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा मानवताको सेवा नै धर्म हो भन्ने हेतुका साथ समाजिक कार्य गरेको उहाँको बताउनुभयो ।

पछिल्लो समयमा ठूलो खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढेको अवस्थामा खर्चलाई सदुपयोग गर्दै यसरी संस्थालाई सहयोग गरेकोमा अपाङ्ग संस्थाका अध्यक्ष कृष्ण कुमार रोक्काले खुशी व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०६-२४ , समय : १९:०८:१५ , २ वर्ष अगाडि