पार्वती थारु , २१२ पटक हेरिएको
तिलोत्तमा, साउन ७
रुपन्देहीको तिलोत्तमा ६ मा अवस्थित श्री पश्चिम पहुनी माध्यामिक विद्यालयमा आज( सोमबार) विदाइ कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा १ मा रहेका न्यु लाइट कलेजबाट वि एड चौथो वर्षमा अध्ययनरत शिक्षा संकायका विद्यार्थीहरु अध्यास शिषणका लागी श्री पश्चिम पहुनी मा वि मा आएका थिए । गएको असार १६ गतेबाट साउन ६ गतेसम्म शिक्षण अध्यास रहेका विद्यार्थीलाई विद्यालयले विदाइ गरेको छ ।
मनिसा चौधरीको नेतृत्वमा रुपा पौडेल, वासुदेव सिग्देल, विष्णुप्रसाद आर्यल, पुर्णिमा गोतामे, लक्ष्मी श्रेष्ठ, अस्मीता थापा र मोनिका खड्का सुनारको टीम अध्यास शिक्षण्का लागी आउनु भएको थियो । विदाई कार्यक्रममा वोल्दै श्री पश्चिम पहुनी मा वि का प्राध्यानाध्यापक दुर्गा नारायण श्रेष्ठले पढेका सिकाइलाई व्यवहारिक रुपमा गर्न अध्यास शिक्षण महत्वपुर्ण कडि मानिने बताउनु भयो । यसैगरी उहाले शिक्षा विषय लिएर पढेका विद्यार्थी वाहेक अरुलाई शिक्षा, सिकाई र अभ्यासको वारेमा जानकारी नभएकाले विद्यार्थीको मनोविज्ञानलाई बुझेर शिक्षण गर्न नसक्ने बताउनु भयो । उहाले न्यु लाइट कलेजका विद्यार्थी शिक्षण अध्यासका लागी यस विद्यालयमा आउनुमा विद्यालयको लागी गौरवको विषय भएको बताउनु भयो ।
यसैगरी न्यु लाइट कलेजका शिक्षण अध्यासका टीम लिडर मनिसा चौधरीले बोल्दै अध्यास शिक्षणको क्रममा शिक्षक विद्यार्थी र विद्यालयले सहयोग गरेकोमा धन्यावद दिनु भयो । विदाई कार्यक्रममा विद्यार्थीहरुले संयुक्त रुपमा श्री पश्चिम पहुनी मा वि का प्र.अ श्रेष्ठलाई मायाको चिनो उपहार प्रदान गरेका थिए । विद्यालयका सह प्राध्यापक पुन्य बगाालेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०७-२२ , समय : १९:५९:५९ , ४ महिना अगाडि