तिलोत्तमा नगरपालिकाले दियो सार्वजनिक खर्चलाई बढावा

पार्वती थारु , १७५  पटक हेरिएको

तिलोत्तमा, साउन ६

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यालयले सार्वजनिक खर्चलाई बढावा दिएको छ । नागरिकको सेवाका लागी गरिने खर्च अनावश्यक कार्यमा खर्च भइरहदाँ सरकारी खर्च अनियन्त्रित भएको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २७८ को प्रकरण ६ (२) मा सरकारी खर्चमा शुभकामना खर्च छपाई गर्न तथा शुभकामना सन्देश प्रकाशन वा प्रसारण गर्न नपाइने तथा सुचना तथा प्रसारण विभाग वाहेक अन्य सरकारी निकायले क्यालेन्डर र डायरी छपाइ गर्न नपाउने व्यवस्था रहेको छ ।

नमुना छनोटका आधारमा परिक्षण गर्दा यस कार्यालयले विभिन्न संघ संस्थाहरुलाई शुभकामना सन्देश, सन्देशमुलक सुचना तथा क्यालेन्डर छपाइ वापतको सहयता रकम भुक्तानी गरेर सरकारी खर्चमाअनावश्यक वृद्धि गरेको छ । जसमा तिलोत्तमा सिटीलाई ५हजार, बुटवल पब्लिकेसनलाई ५हजार, बुद्ध सामुदायिक टेलिभिजन लाई १० हजार, आर एन खबरलाई ५ हजार, नमसते लुम्बिनी मिडियालाई ५हजार, मेचीकाली मिडियालाई १० हजार, रुपन्देही नागरिक समाजलाई १० हजार, प्रेस सेन्टर नेपाललाई , १० हजार, तिलोत्तमा चेम्बर अफ कर्मसलाई २० हजार, सनातन हिन्दु रक्षा मिसनलाई २० हजार , तिलोत्तमा चेम्बर अफ कर्मसलाई ८ हजार, करियर मिडियालाई ५ हजार, साझा मल्टिमिडियालाई १० हजार, लेखा समुह रुपन्देहीलाई १५ हजार, नमस्ते नेपाल रुपन्देहीलाई ५ हजार,पेशागत महासंघ नेपाल जिल्ला समितिलाई १० हजार,श्री सिद्धवावाधाम आश्रम समितिलाई १० हजार, नागरिक सुचना केन्द्र प्रा.लि लाई २० हजार ९ सय ८० , नेपाल पत्रकार महासंघलाई , १४ हजार ७ सय, नमस्ते नेपाललाई ३ हजार, आवाज सम्प्रषणलाई ५ हजार, आर डि मिडिया पब्लिकेसलाई ५ हजार, सर्च नेपाललाई ५ हजार, रोट्याक्ट कल्बलाई १० हजार , पचाल झर्ना पत्रिकालाई ५ हजार, लायन्स कल्ब अफ तिलोत्तमा लाई १० हजार, गुल्मेली अधिकृत समाजलाई १० हजार नेपाल वार एशोसियशनलाई १५ हजार र स्यांजाली समाजलाई १० हजार सहयता भनेर अनियन्त्रित रकम भुक्तानी गरेको छ । नगरपालिकाले मापदण्ड विपरित रही अनावश्यक खर्चमा रकम भुक्तानी गरिरहदाँ आर्थिक अनियमितता पनि बढ्दै गएको छ ।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : २१:०६:३२ , ४ महिना अगाडि