सुरेश यादव , २१६ पटक हेरिएको
परासी, साउन ६
जनमत पार्टीले पश्चिम नवलपरासीले पाल्हिनन्दनकाे संयाेजकमा चन्दु चाैहानलाई चयन गरेकाे छ । कृष्णकान्त चाैधरीकाे अध्यक्षता तथा केन्द्रीय सचिव भुपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा शनिबार पाल्हिनन्दनकाे दाेश्राे अधिवेशन सुरु भएकाे थियाे ।
दाेश्राे अधिवेशनबाट चाैहानकाे संयोजकत्वमा २५ सदस्यीय पाल्हिनन्दन पालिका कमिटी चयन गरिएको जनमत पार्टीका प्रदेश सदस्य सन्ताेष गिरीले जानकारी दिनुभएको छ । यस अघि पालिका संयाेजककाे पद निस्क्रिए रहेकाले शनिबारकाे अधिवेशनबाट पुर्णता गरिएकाे जनमत पार्टी नवलपरासीले जनाएको छ भने पर्यवेक्षककाे भुमिका प्रदेश सदस्य गिरीले निर्वाह गर्नुभएको थियाे ।
प्रकाशित मिति: २०२४-०७-२१ , समय : १०:३८:४० , ४ महिना अगाडि