लुम्बिनी प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण

रुपन्देही खबर , २०३  पटक हेरिएको

बुटवल,असार ३०

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई बिधयेक प्रमाणीकरण गर्नुभएकाे छ । प्रमुख शेरचनले आज आइतबार लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी बिधयेक र आर्थिक बर्ष २०८१/२०८२ को सेवा र कार्यको लागि प्रदेश संचित काेषबाट केही रकम बिनियाेजन र खर्च गर्न बनेकाे बिधयेक प्रमाणीकरण गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित बिधयेकहरू संविधानकाे धारा २०१ काे उपधारा (२ )बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयकाे प्रबक्ता धर्मा अर्याल बेल्वासेले बताउनुभयाे ।

प्रकाशित मिति: २०२४-०७-१४ , समय : १७:५५:०१ , ५ महिना अगाडि