सुनवलका समीर राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित

रुपन्देही खबर , ७०७  पटक हेरिएको

सुनवल, असार २९

मर्यादित महिनावारी अभियान्ता, बालअधिकारकर्मी एवं युवाको क्षेत्रमा काम गर्दै आएका सुनवलका समीर परियार राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित हुनु भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले नगद सहित सम्मानपत्रद्धारा उहालाई सम्मान गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

सामाजिक विकास तथा समाज सुधारको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशीलता र सकारात्मक सोच प्रवाहीत गर्नका लागि उल्लेखनिय योगदान पुर्याएकोमा उहालाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ । परियारलाई नगद १ लाख रुपैयाँसहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।

विगत ५ बर्षबाट परियार महिनावारीलाई मर्यादित गराउनुपर्छ भन्दै राष्ट्रिय स्तरमा पैरवी गर्द आई रहनु भएको छ ।

प्रकाशित मिति: २०२४-०७-१३ , समय : २०:१८:१४ , ३ महिना अगाडि