उर्मिला यादव यात्री , १९३ पटक हेरिएको
भैरहवा, असार २९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका पुर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा भएको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानको अध्यक्षता तथा जिल्ला प्रजनन स्वास्थ्य रुपन्देहीको संम्योजक उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा बुधबार एक कार्यक्रमका बिच सिद्धार्थनगर नगरपालिका पुर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा भएको हो ।
पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गदै प्रमुख अतिथी जिल्ला प्रजनन स्वास्थ्य रुपन्देहीको संम्योजक उमाकान्त चपाइले सबै सूचकहरू पूरा गरी घोषणा गर्नु मात्र नभई यसको दिगोपना र स्थायित्व चुनौतीको विषय रहेको बताउँदै यसका आधार र मापदण्डलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भएको छ । उहाले भैरहवामा २ वटा अस्पतालहरूमा विशेषज्ञ सहितका चिकित्सक रहेकाले निशुल्क एम्बुलेन्सको ब्यवस्थापन गरी ग्रामीण दूर दराजका नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा पुर्याउन समेत आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकाले स्वास्थ्य कोषको स्थापना गरेकोले लुम्बिनी प्रदेशमा नै सिद्धार्थनगरले नमुना काम गरेको उल्लेख गर्नु भयो । उहाले सुत्केरी हुन जादा लाग्ने खर्च निशुल्क हुनु पर्ने बताउदै यसको ब्यवस्थापनका लागी नगरसंग आग्रह गर्नु भएको छ । उहाले स्वास्थ्यको क्षेत्रमा सिद्धार्थनगर नगरपालिका अगाडी रहेकोले यसलाई अझै निरन्तरता दिन अनुरोध गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य स्वयमसेबिकाहरुलाई दोस्रो नम्बरमा र पहिलो नम्बरमा सरसफाइ कर्मीहरुलाई राखेको बताउनु भएको छ । उहाले स्वास्थ्य स्वयमसेबिकाहरु थोरै पारिश्रमिकमा पनि धेरै काम गर्नुपरेको बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका भित्रमा सेवाको भावनाले दिनरात नभनी खटिएका स्वयमसेबिकाहरुको सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाले नगरमा प्रसुती हुने महिलाहरुको पोषणको अवस्था राम्रो हुनुपर्ने बताउनु भएको छ । आमाको अवस्था राम्रो भएमा यसले स्वस्थ बच्चा हुर्कनमा मदत गर्ने र नगर पनि स्वस्थ हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले मातृसुरक्षाको सवालमा सरकारले लगानी लगाउनु पर्ने बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरभित्रका स्वयम सेबिकाहरुको कामको मुल्याकंन नगरले गर्ने समेत बताउनु भयो ।
यस्तैगरी सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीेले बोल्दै सिद्धार्थनगर पुर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा हुनुमा स्वास्थ्य स्वयमसेबिकाहरुको महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । उहाले स्वास्थ्य क्षेत्रमा दिनरात नभनी खटिएका स्वास्थ्य स्वयम सेबिकाहरुलाई राज्यले हेर्ने दृष्टिकोण नै फरक रहेको बताउदै राज्यले यस बिषयमा ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले राज्यले सम्बोधन गर्न नसकेको स्वास्थ्य स्वयम सेबिकाहरुको हकहितका लागी सिद्धार्थनगरले बजेट बिनियोजन गरेर काम गर्ने बताउनु भएको छ ।
यस्तै गरी स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बिभिन्न कारणले रुपन्देहीमा मातृमृत्युदर उच्च रहेको बताउनु भएको छ । उहाले प्रदेश सरकारले सबै स्थानिय तहलाई पुर्ण संस्थागत सुत्केरी अर्थात जिरो होमडेलिभरी पालिका घोषणा गर्ने अभियानको सुरुवात गरेको बताउनु भएको छ । उहाले रुपन्देही जिल्लामा ४ वडा स्थानिय तह जसमा मर्चवारीमाइ गाउपालिका, सम्मरीमाइ गाउपालिका,देवदह नगरपालिका, सियारी गाउपालिका पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा भैसकेको र सिद्धार्थनगर नगरपालिकालाई लिएर ५ वटा पालिका संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा भएको बताउनु भयो ।
उहाले कुनै पनि आमाले कुनै पनि कारणले घरमा, बाटोमा वा अन्य स्थानमा सुत्केरी हुन नपरोस भन्ने उदेश्यको साथ पुर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको बताउनु भएको छ । उहाले आमाले र नवशिशुले कुनै पनि कारणले मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ प्रदेश सरकारले जिरो होम डेलिभरी अभियानको सुरुवातसंगै चालेको महत्वपुर्ण कदम भएको बताउनु भयो । उहाले रुपन्देहीको १६ वटै स्थानिय तहलाई क्रमिक रुपमा नै पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गर्दै जाने बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका भित्र सुत्केरी हुने आमाहरुलाई निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्नुपर्ने बताउनु भएको छ । उहाले पुर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गर्नु मात्र ठुलो कुरा नभइ पालिका भित्रमा अन्य सेवा सुबिधाहरु पनि थप्दै जानुपर्ने जोड दिनु भयो । उहाले सुत्केरी हुने बेलामा बिपन्न समुदायका लागी थप उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भएकोले कोषहरुको स्थापना गरी उपचारमा सहयोग पुरयाउन सकिने बताउनु भयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीबी राना, नमुना एकीकृत परिषद संस्थापक अध्यक्ष ज्ञानु पौडयाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, स्वास्थ्य स्वयमसेबिका चित्रलेखा थापा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारी लगायतले बोल्दै शुभकामना मन्तब्य राख्नु भएको थियो । यस्तै गरी नगरपालिकालाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने स्वास्थ्य स्वयमसेबिका , स्वास्थ्यकर्मी, वडा प्रजनन समन्वय समितीका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगरभित्रका १३ वटै वडाका वडाध्यक्ष , वडासदस्य , कार्यपालिका सदस्यहरु, स्वास्थ्य स्वयम सेबिकाहरु, स्वास्थ्यकर्मीहरु, नगरपालिकाका कर्मचारी लगायत सरोकारवाला निकायहरुको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रम संचालन सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०७-१३ , समय : १९:५७:५९ , ४ महिना अगाडि