संचारिका समुह नवलपरासी पुर्नगठन,अध्यक्षमा खनाल

रुपन्देही खबर , २०३  पटक हेरिएको

नवलपरासी,असार २५

संचारिका समुह नेपाल पश्चिम नवलपरासीको भेलाले बिष्णु खनाललाई अध्यक्षमा सर्वसम्मत रुपमा  चयन गरेको छ । बर्दघाटमा सोमबार बसेको भेलाले ११ सदस्यीय समिति गठन गरेको हो। त्यसै गरी संस्थाको सचिवमा डोल्मा चौधरी, कोषाध्यक्षमा सम्झना सुवेदी रहेका छन् । सदस्यहरुमा सोनकली थारु, रेनुका चौधरी, सुनयना चौधरी,गिता भट्टराई, अनु सुनार, मिना के सी, र हसिना खातुन रहनु भएको छ ।

उपाध्यक्ष पदलाई सचारिका समुह नवलपरासीले अगामी बैठकबाट मनोनित गर्ने नवनिर्वातिच अध्यक्ष विष्णु खनालले बताउनु भएको छ ।

संचारिका समुहका क्रियाशिल उपसमितिमा  हसिना खातुनको संयोजकमा अन्जु सहानी, शितमती हरीजन,शोभा यादव, आरती राना, शारदा धिताल,अमृता सुनार, सुष्मा क्षेत्री  लगायत रहनु भएको छ ।

त्यसै गरी भेलाले जिल्लाका क्रियाशिल पत्रकार महिलाहरुलाई समुहमा जोड्ने र पत्रकारितामा सकृय बनाउन विभिन्न योजनाहरु बनाउने निर्णय गरेको छ । 

कार्यक्रममा कार्यक्रमा संचारिका समुह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, प्रदेश कोषाध्यक्ष उषा किरण पन्तको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०७-०९ , समय : ०८:२७:४४ , ४ महिना अगाडि