प्रतापपुरमा अटिजम भएका बालवालिकाको परिक्षण शिविर सम्पन्न

सितमति हरिजन , २०७  पटक हेरिएको

नवलपरासी,असार २४

सुनवल सामुदायिक विकास संस्थाको आयोजनामा अपाङगता समावेशी विकास परियोजना अन्तर्गत प्रतापपुर गाँउपालिकामा दुई दिने अपाङगता भएका वालवालिकाको परिक्षणको लागी शिविर सम्पन्न भएको छ । अटिजम सम्वन्धी अपाङगता भएका १८ वर्ष मुनिका बालबालिबालाई सहयोग पुर्‍याउने उदेश्यले असार २२ र २३ गते उक्त शिविर सञ्चालन भएको आयोजकले जनाएको छ । युनाइटेट मिसन टु नेपाल नवलपरासी टिम लिडर सवु तामाङले अपाङगता समावेशी विकास परियोजना अन्तर्गत नवलपरासी पश्चिम पाल्हिनन्दन र प्रतापपुर गाँउपलिकामा अटिजम अपाङगता भएका वालवालिकाको अवस्थालाई सुधारको हेतुले सिविर सञ्चालन गरेको बताउनु भएको छ ।

कार्यक्रममा मनोचिकित्सक डा. दिपेश भट्टराईले अटिजम सम्वन्धी अपाङगता भएका वालवालिकामा उमेर अनुसार सामाजिक विकास नहुने बताउनु भएको छ । उक्त शिविरवाट ३७ जना वालवालिकाले लाभ लिएका छन् ।

प्रकाशित मिति: २०२४-०७-०८ , समय : १३:२६:५० , ४ महिना अगाडि