सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ द्धारा पौष्टिक आहार बितरण

उर्मिला यादव यात्री , ३६६  पटक हेरिएको

भैरहवा, असार १३

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले बिहीबार एक कार्यक्रमका बिच जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुको सम्मानार्थ पौष्टिक आहार बितरण गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सांसद देवी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा वडा भित्रका जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुलाई पौष्टिक आहार बितरण गरिएको हो ।


कार्यक्रमको उदघाटन गर्नुहुदै प्रमुख अतिथी प्रदेश सभा सांसद चौधरीले जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुको सम्मान गर्नु नै एकदमै उदाहरणीय कार्य भएको बताउदै यस्तो राम्रो काम गर्ने पहिलो वडा नै सिनपा वडा नम्बर ५ भएको दाबी गर्नु भयो ।
उहाले सिद्धार्थनगरमा जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुलाई कदर भएको बताउनु भएको छ ।

उहाले सिनपा वडा नम्बर ५ को सम्पुर्ण टिमलाई धन्यवाद दिदै यस्तै टिमको आवश्यकता हरेक नगर र वडामा भएको बताउनु भएको छ । सांसद चौधरीले वडामा भएका एकल महिला, जेष्ठ नागरिक, र अपांगहरुलाई वडाले पहिचान गरी सम्मान गर्नु नै उत्तम कार्य भएकोले यस्ता उदाहरणीय कार्यका लागी प्रदेश सरकारबाट पनि सहयोग हुुनुपर्ने उल्लेख गर्नु भयो । उहाले भैरहवामा सहयोगी हातहरुको कमी नभएको बताउदै यस्तै सहयोग हरेक क्षेत्रमा गर्नुपर्ने जोड दिनु भएको छ । उहाले जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुको लागी आफुले प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरु समाजको धरोहर र हाम्रा अभिभावक भएको बताउनु भएको छ । उहाले आफना अभिभावकहरुलाई हरेक छोराछोरीले सेवा गर्नुपर्ने संदेशका साथ वडाले सम्मान गर्दै आएको बताउनु भएको छ ।

उहाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले आफना वडा भित्र रहेका जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुलाई हरेक बर्ष धार्मिक तीर्थयात्रा गराउदै आएको बताउनु भएको छ । उहाले गत बर्ष त्रिबेणी , देवघाट , सिजी , लगायतको क्षेत्रमा तीर्थयात्रा गराएको जानकारी दिदै यो बर्ष मनकामना माताको दर्शन गराएको बताउदै आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने बताउनु भएको छ ।

वडाध्यक्ष श्रेष्ठले जनताबाट निर्वाचित प्रतिनिधी भएकोले जनताप्रतिको जिम्मेवारी सधै बोध हुने गरी काम गर्दै जाने प्रतिबद्धता गर्नु भएको छ । उहाले वडा नम्बर ५ ले वडाभित्रका जेष्ठ नागरिकहरुको घर घरमा पुगेर स्वास्थ्य सेवा दिदै आएको बताउदै वडा भित्रका नागरिकहरुलाई कुनै पनि समस्या परे वडामा जानकारी गराउन अनुरोध गर्नु भएको छ ।

वडाध्यक्ष श्रेष्ठले वडा ५ मा आधारभुत स्वास्थ्य कार्यालय भएकोले निशुल्क सेवा लिन आग्रह गर्दै अब छिटटै नै निशुल्क सुगर परीक्षण हुने समेत जानकारी दिनु भएको छ । उहाले वडाबासीहरुको क्षमता बिकास र आत्मनिर्भर बनाउनका वडाले बिभिन्न किसिमका तालिमहरु जस्तै ब्युटी पार्लर तालिम, बेसिक कम्प्युटर तालिम ,सेनेटरी प्याड बनाउने तालिम लगायत चुरापोते बनाउने तालिमहरु समेत संचालन गर्दै आएको बताउनु भयो । उहाले सिद्धार्थनगर नगरपालिकाले सधै जनताको हकहितमा रहेर मानवीय बिकासमा जोड दिदै काम गर्दै जाने बताउनु भएको छ ।

यस्तै गरी समाजसेवी बृजेश अग्रवालले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र आएका बजेटहरु सहि ठाउमा लगानी गर्दै आएको बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले वडा भित्रका सबै वर्ग, जाति, धर्म र समुदायलाई समेटेर काम गर्र्दै आएको बताउदै वडा नम्बर ५ को सिको अरु वडाले पनि गर्नुपर्ने बताउनु भयो । उहाले हरेक नागरिकले आफनो घरमा भएका आमा बुवाहरुलाई सम्मान गर्र्दै आफनो दायित्व निर्वाह गर्नु पर्ने बताउनु भएको छ ।


यस्तै गरी कार्यक्रममा समाजसेवी डा.शम्भु गुप्ताले सिनपा वडा नम्बर ५ ले शिक्षा, स्वास्थ्य, मानवीय बिकास लगायतका क्षेत्रमा सक्रिय भएर काम गर्दै आएको बताउनु भएको छ । उहाले जेष्ठनागरिक प्रति समाजमा भएका बिभिन्न बिकृतीहरु हटाउनु पर्ने बताउदै अबका दिनमा समाज, ब्यक्ति लगायत युवाहरुमा पनि जेष्ठ नागरिक प्रतिको सम्मानका बारेमा शिक्षा दिनुपर्ने बताउनु भएको छ । समाजसेवी गुप्ताले समाजमा पुरुष भन्दा महिलाको स्थिती नाजुक भएको बताउदै समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण लगायत उनको संर्षघ नै जटिल भएकोले एकल महिलाको समाजमा उत्तिकै महत्व भएकाले उनको पनि सम्मान हुनुपर्ने बताउदै समाजमा भएका एकल महिलाहरुलाई संगसंगै लैजानु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रेम नारायण गुप्ताको स्वागत मन्तब्य रहेको कार्यक्रममा वडासदस्य सरस्वती श्रेष्ठ , भैरहवा नमुना मा.बि. ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ता लगायतले बोल्दै वडा नम्बर ५ ले समाजमा उदाहरणीय कार्य गर्दै आएको बताउनु भएको छ ।


सिनपा वडा नम्बर ५ का वडासदस्य बिनित कुमार बेरिवालले संचालन गर्नु भएको कार्यक्रममा वडा सदस्य किरण देवी सुनार, पुर्व वडाध्यक्ष भरत बिजुक्छे, समाजसेवी हरि पराजुली, बैजनाथ हलुवाइ, उदय शंकर सरकार, सिनपा वडा नम्बर ५ को वडासचिव बन्दना उपाध्याय लगायत वडा भित्रका सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा भित्रका एक सय ३२ जना भन्दा बढी जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुलाई पौष्टिक आहार बितरण गरिएको थियो । भने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले स्वास्थ्य क्षेत्रमा दिनरात नभनी खटिएका स्वास्थ्य स्वयमसेबिकाहरुलाई नगद सहित सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति: २०२४-०६-२७ , समय : २३:२८:५७ , ५ महिना अगाडि