उर्मिला यादव यात्री , ३६३ पटक हेरिएको
भैरहवा, असार १३
‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मुलनाराका साथ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा सुरु भएको ७ दिने चुरापोते सेट बनाउने तालिम बुधबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा तालिमको आज समापन गरिएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समाजसेवी अग्रवालले तालिमबाट सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ । उहाले तालिममा सहभागी भएका महिलाहरु संगठित भएर लगानी गरी आफुले सिकेको सीपलाई ब्यवसायीकरण गर्न सकिने बताउनु भएको छ । उहाले सीप सिकेर आत्मनिर्भर बन्नका लागी स्थानिय तहमा उत्पादन भएका बस्तुहरुको बजारीकरण गर्नुपर्ने बताउनु भएको छ । समाजसेवी अग्रवालले बेसिक तालिम मात्र नभइ सिकेका सिपको एडभान्स तालिम पनि दिनुपर्ने बताउनु भएको छ । उहाले सिनपाका हरेक वडाहरुले दिएका बिभिन्न सीपमुलक तालिममा सहभागीहरुलाई एक ठाउमा भेला गराई स्थानिय उत्पादनलाई प्राथमिकतामा राखी उत्पादन र बजारीकरणमा नगरले जोड दिनुपर्ने बताउनु भएको छ । उहाले तालिम मात्र दिएर सहभागीहरु आत्मनिर्भर नहुने भएकोले यसको ब्यवस्थापनमा समेत ध्यान दिन आग्रह गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने उदेश्यका साथ वडाबासीहरुको सीप क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भएको छ । उहाले सिप सिकेर आफुले उत्पादन गरेका सामानहरु कोसेली घरमा राखेर बिक्रि बितरण गर्न सकिने बताउनु भएको छ । उहाले वडाबासीहरु द्धारा उत्पादित सामानहरुको बजारीकरण गर्नका लागी स्थानिय निकाय, बिभिन्न संघ संस्था तथा उद्योग बाणिज्य संघसंग पहल कदमी गर्ने बताउनु भएको छ । उहाले वडा बासीहरुलाई सक्षम बनाइ रोजगारी संग जोडनका लागी वडाले बिभिन्न किसिमका सिप मुलक तालिमहरु संचालन गर्र्र्र्दै आएको बताउनु भएको छ ।
यस्तैगरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंगले चुरापोते बनाउने तालिमले महिलाहरु आत्मनिर्भर बन्ने र यसलाई रोजगारीसंग जोडन आग्रह गर्नु भएको छ । उहाले वडाले दिएका तालिमबाट सिकेका सिपलाई उत्पादन संग जोडेर ब्यवसायीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ ।
यस्तै गरी भैरहवा नमुना मा.बि ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ताले तालिममा सिकेका सिपहरुलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । उहाले सीप सिकेका महिलाहरु समुह बनाइ काम गरे मात्र सफल ब्यवसायी बन्न सक्ने जोड दिनु भएको छ ।
कार्यक्रममा चेम्बर अफकर्मस रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले सिप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताउनु भएको छ । उहाले वडाले सिप दिनु मात्र नभइ यसको बजारीकरणका लागी सम्बन्धित निकायहरु मिलेर पहल गर्नुपर्ने बताउनु भएको छ । उहाले स्थानिय क्षेत्रबाट उत्पादन भएका सामानहरुलाई कोसेली घरबाट बिक्रिबितरण गर्नका लागी कोसेली घरलाई अझै ब्यवस्थित गर्न आग्रह गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले खुल्ला सिमानाकाका कारण स्वदेशी बस्तुहरुले बजार पाउन नसकेको गुनासो गर्नु भयो । उहाले कोसेली घरलाई पर्यटन संग जोडन सके मात्र स्थानिय उत्पादनलाई अगाडी बढाउन सकिने बताउनु भयो ।
सिनपा वडा नम्बर ५ को वडासदस्य किरण देवी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रममा भैरहवा नमुना मा.बि का प्राचार्य चुन्नु प्रसाद पाण्डे,प्रशिक्षार्थी शितल मोदनवाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा समाजसेवी केशव प्रसाद गुप्ता, प्रशिक्षक आचल मल्लाह, आधारभुत स्वास्थ्य कार्यालयको प्रमुख प्रकृती खत्री, सामाजसेवी दिपेन्द्रमान श्रेष्ठ, पूर्व वडाअध्यक्ष भरत सिंह बिजुक्छे, रमेश गौतम, सिनपा वडा नम्बर ५ का वडासदस्य विनित कुमार बेरिवाल, प्रेम नारायण तेली, सीता बुढाप्रिती, वडा सचिव बन्दना उपाध्याय लगायतको सहभागिता रहेको थियो ।भने सिनपा वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । तालिममा ३० जना महिलाहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०६-२७ , समय : ०७:५०:२३ , ५ महिना अगाडि