प्रदेश स्तरीय नगर युवा प्रदेश सभा अभ्यास सम्पन्न

रुपन्देही खबर , २६१  पटक हेरिएको

लुम्बिनी, असार १२

लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय नगर युवा प्रदेश सभा अभ्यास आज सम्पन्न भएको छ । जेठ ८ गते देखि सुरु भएकाे संसदिय अभ्यास कार्यक्रम ११ गते समापन भएकाे हो । ४ दिने सम्म चलेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका सबै स्थानिय तहको गाउँसभा बाट छनाैट भएर आएका युवाको प्रतिनिधित्व गर्ने ४२ जना युवाहरुको सहभागीता रहेको थियो ।

युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था अभ्यास र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ संचालन गरेको हो ।
 
कार्यक्रम समापनलाई संबोधन गर्दै युवा परिषद्का उपाध्यक्ष गोविन्द बहादुर खत्रीले युवाहरुकाे क्षमता र योग्यता पहिचान गरी मेरो देश म बनाउँछु भन्ने उद्धेश्यले समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न अनुरोध गर्नु भएको छ ।

हरेक देशमा भएका आर्थिक ,सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएको बताउँदै राष्ट्र निर्माणमा सबै उमेर अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील सहभागी हुनुपर्नेमा जाेड दिनु भएको छ ।
 
कार्यक्रममा संवैधानिक पदमा रहेका लुम्बिनी प्रदेश सांसद तथा पूर्व संबिधान सभा सदस्य, पूर्वमन्त्री ईन्द्रजीत थारुले लोकतान्त्रिक प्रणाली शासकिय स्वरुप र राज्य संचालनको प्रक्रिया,सरकार निर्माण प्रक्रिया ,बजेट निर्माण , प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका विच अन्तर सम्बन्ध लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

सहभागिहरुका अनुसार यस संसदिय अभ्यास कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनितिक र लाेकतन्त्रीक प्रणालिहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । यस सँगै संसदिय अभ्यास गर्दै गर्दा आफुमा क्षमता अभिबृद्धि , भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान-सिपको विकास भएको महसुस भएको बताएका छ्न ।

युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका कर्मचारी डम्बर खराल , प्रशिक्षक प्रकाश उपाध्याय, परिषद्का सदस्य रिया बस्नेत र सरोज खनाल लगायतले बोल्दै यस्ता कार्यक्रमहरुले, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघियता र युवाका मुद्दा, सरकारले युवाकाे नेतित्व बिकास ,लाेकतान्त्रिक शासन प्रणाली सुशासन सम्बन्धी युवा शंसक्तिकरणका लागी सैद्धान्तिक र व्यबहारिक अभ्यास स्वरुप नमुना युवा सासंद अभ्यासकाे अबधारण संघिय सरकारले ल्याएकाे बताउँदै प्रदेश र स्थानिय तहले पनि युवामैत्री नगरको अबधारणा सहित यस्ता संसदिय अभ्यास कार्यक्रमहरुको सुरुवात गरेकाे प्रति सरकारलाई धन्यवाद दिएका थिए। युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा यस्तो कार्यक्रमले सहयोग पुग्ने उनिहरुको भनाइ छ ।

युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ नगर/गाउँसभाबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराईन्छ र प्रदेश युवा छनाैट गरी संघमा पठाईने आयाेजकले बताएको छ ।
युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो ।

प्रकाशित मिति: २०२४-०६-२६ , समय : १८:४७:३७ , ४ महिना अगाडि