कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

रुपन्देही खबर , २१८  पटक हेरिएको

कञ्चन,असार १०

रुपन्देहीको कन्चन गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कन्चन गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ ३७ करोड ६७ लाख ९० हजार ६ सय ५० अर्थात कुल बजेटको ६५ दशमलब ८६ प्रतिशत र पुँजीगततर्फ १९ करोड ५३ लाख ३० हजार अर्थात कूल बजेटको ३४ दशमलब १४ प्रतिशत बजेट गाउँसभामा प्रस्तुत गर्नुभयो ।

कन्चन गाउँपालिकाले प्रस्तुत गरेको बजेट चालू आर्थिक बर्ष २०८०÷०८१ को भन्दा करिव ६ करोडले बढी हो ।
कञ्चन गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि ५१ करोड ३८ लाख ४६ हजार ७ सय १७ रुपैयाको बजेट प्रस्तुत गरेको थियो ।

सोमबार भएको नगर सभामा कन्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले समुन्नत कञ्चन सुखी कञ्चनबासीको नारा पूरा गर्ने अभियानसहित कञ्चनको भौतिक पूर्वाधारको विकास, कृषि, बन, बाताबरण, पर्यटन क्षेत्रको विकासलाई पनि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको छ ।

कन्चनका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै सामुदायिक विद्यालयलाई मर्जरमा लैजाने, स्थानीय पाठ्यपुस्तक तयार गर्न प्राथमिकता दिने, सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्रालाई निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम, सुत्केरी पोषण कार्यक्रम, कञ्चनमा उज्यालो कञ्चन कार्यक्रम अन्तरगत नेपाल विद्युत प्राधिकरणको सहलगानीमा वडा नं. ३ को हरैयादेखि वडा नंं ५ को गरगरेसम्म स्मार्ट सडक बत्ती जडान गर्न बजेट विनियोजन गरिएको छ ।

कृषि क्षेत्रको विकासबाट गरिवी निवारणमा सहयोग पुग्ने भएकोले बजेटमा कृषिलाई प्राथमिकता दिइएको छ । सिचाईको व्यवस्था गर्दै आधुनिक यान्त्रीकरणमा जोड दिनेगरि कृषि क्षेत्रको विकासमा बजेट बिनियोजन गरिएको छ ।

कृषकलाई उत्पे्रेरित गर्नेगरि लागत साझेदारीमा कार्यक्रम संचालन गर्न बजेट व्यवस्था गरिएको उल्लेख छ । यसैगरी कञ्चनका पुरानो संस्कृति झल्काउने मगर, थारु, गुरुङ समुदायको अधुरो भवन निर्माणका लागि बजेट बिनियोजन गरिएको छ ।

भूक्षय नियन्त्रण, बैकल्पिक उर्जा प्रवद्र्धन, बनबाट प्राप्त हुने लाभका लागि सम्मृद्धिका लागि बन कार्यक्रमलाई बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी फोहर मैला व्यवस्थापनका लागि डम्पिङ साइडका लागि बजेट व्यवस्था गरिएको छ भने बिपद जोखिम न्यूनिकरण गर्न पनि बजेटले प्राथमिकता दिएको छ ।

बजेटमा जेष्ठ नागरिक, लैगिक समानता, अपांगहरुको हक अधिकार, पछि पारिएका बालबालिकाको सशक्तीकरण र क्षमता बिकासका लागि तालिम लगायतका कार्यक्रम गर्न बजेट बिनियोजन गरिएको छ ।

प्रकाशित मिति: २०२४-०६-२४ , समय : २१:१८:०३ , ४ महिना अगाडि