लुम्बिनीमा चोरीका घटनाहरु बढदै : प्रहरी

अमित चौहान , १७३  पटक हेरिएको

लुम्बिनी, असार १०

पछिल्लो समय रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा चोरीका घटनाहरु बढदै गएका छन । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङका अनुसार पहिला भन्दा अहिले केही चोरीका घटनाहरु बढेको छ । उहाका अनुसार अहिले असार महिनामा मात्रै लुम्बिनीमा दुइ वटा चोरीका घटना भएका छन । यस्तै गरी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ बस्ने मोमिना खातुनको घरमा आइतबार चोरी भएको छ ।

खातुनका अनुसार आइतबार बिहान लगभग दुइ बजेतिर अज्ञात समुहले घरभित्र पसेर पचास हजार नगद, ६ लाख बराबरको गरगहना,लत्ताकपडा, जग्गाको लालपुर्जा, बच्चाहरुको जन्मदर्ता लगायत चोरी भएको छ ।

खातुनका अनुसार राती खाना खाएपछि बालबच्चा लिएर छतमाथि सुत्न गएको र आफुलाई सन्चो नभएर निदाएको अवस्थामा चोरी भएको हो । बिहान उठ्दा घरमा चोरी भएको थाह पाए, उहाले भन्नु भयो । आफनो श्रीमान बिदेश भएको र छोरीको बिहेको लागि पैसा ,गहना जुटाएर राखेको थिए त्यो पनि चोरी भयो खातुनले भन्नु भयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक तामाङले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०६-२४ , समय : १८:५७:३२ , ४ महिना अगाडि