सिनपा ५ द्धारा भैरहवामा सुशासन बिषयक चेतनामुलक तालिम सम्पन्न

उर्मिला यादव यात्री , ४००  पटक हेरिएको

भैरहवा, असार ८

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले आज भैरहवामा एक दिवसीय सुशासन बिषयक चेतनामुलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी डा.शम्भु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै समाजसेवी गुप्ताले सिनपा वडा नम्बर ५ ले बिभिन्न किसिमका कार्यक्रमहरु गर्दै जनतालाई सुसुचित गर्दै आएको बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले वडा भित्र अधुरा रहेका बिकासका कामहरु गर्दै आएको बताउदै सुशासन समाज र देशका लागी अति नै आवश्यक भएको बताउनु भयो । उहाले जनतामाथि भैरहेको शासन कस्तो किसिमको छ यस बारेमा बिचार गर्नुपर्ने उल्लेख गर्नु भयो ।


प्रमुख अतिथी गुप्ताले स्थानीय तहमा सुशासन कायम र प्रभावकारी नेतृत्वको विकास गर्न आवश्यक रहेको बताउँनु भएको छ । उहाले सुुशासन भित्र बिभिन्न कुराहरु रहेकोले सुशासन जवाफदेही र दायित्व पुर्ण हुनुपर्नेमा जोड दिनु भएको छ ।

यस्तैगरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जनसहभागिता बिना विकास असम्भव रहेको बताउनु भएको छ । उहाले यस तालिममार्फत जनसहभागिता र स्थानीय तहमा श्रोत व्यवस्थापन तथा परिचालन सम्बन्धी राम्रो जानकारी पाएको बताउनु भयो । वडाध्यक्ष श्रेष्ठले तालिममा समेटिएका सबै विषयवस्तु जनप्रतिनिधिहरूका लागि अति महत्वपुर्ण विषय रहेको बताउँदै तालिममा सिकिएका सैद्धान्तिक कुरालाई अबको दिनमा कार्यसम्पादन गर्दा व्यवहारिक रूपमा लागु गर्ने बताउनु भएको छ ।

कार्यक्रममा शेखरनाथ पन्थीले तालिमको सहजीकरण गर्दै नेतृत्वको अवधारणा, प्रभावकारी प्रतिनिधित्व, सुशासनको आवश्यकता, सुशासनका आयामहरू, सुशासन कायम गर्न आवश्यक विधि, लैङ्गिक समानता, स्थानीय तहमा श्रोत व्यवस्थापन तथा परिचालन र सामाजिक समावेशीकारण विषयवस्तुमा जानकारी गराउनु भएको थियो ।

सिनपा वडा नम्बर ५ को वडासदस्य सरस्वती श्रेष्ठले संचालन गर्नु भएको तालिममा समाजसेवी केशव प्रसाद गुप्ता, दिपेन्द्रमान श्रेष्ठ, पल्लवी न्यौपाने, अनिल कुमार के.सी.,बिकास श्रेष्ठ, वडा नम्बर ५ को वडासदस्यहरु किरण देवी सुनार, प्रेम नारायण तेली, बिनित कुमार बेरिवाल, सिनपा वडा नम्बर ५ को सचिव बन्दना उपाध्याय लगायत स्थानिय तथा सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०६-२२ , समय : २२:१५:०८ , ४ महिना अगाडि