नवलपरासीको महेशपुरमा स्व.पृथ्वीराज कण्डेल बसपार्क उद्घाटन

सुरेश यादव , ४२७  पटक हेरिएको

नवलपरासी,असार ८

पश्चिम नवलपरासीको महेशपुरमा निर्माण सम्पन्न स्व.पृथ्वीराज कण्डेल बसपार्ककाे पुर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवले उद्घाटन तथा स्व.कण्डेलकाे अर्धकदकाे शालिक अनावरण गर्दै देउवाले नवलपरासीको एक मात्र मुलभन्सार भएर पनि महेसपुर भन्सार पुर्णरुपमा संचालनमा आउन नसकेको र यसको भौतिक एवंम प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । स्व.कण्डेल रहुन्जेलसम्म गरेका याेगदान काङ्ग्रेस पार्टी भित्र स्मरणीय जनक रहेकाे बताउनुभएको छ ।

पुर्व गृहराज्य मन्त्री एवंम काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्दराज कण्डेलका पिता पृथ्वीराज कण्डेलको स्मृतिमा बसपार्कको नामाकरण गरीएको र अर्धकदको शालिक निमार्ण गरीएको हो । स्वं कण्डेल २०१५ सालमा पाल्हिमाझ खण्ड पुर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो । सोही कार्यक्रममा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेस त्रिपाठीले निजामती ऐन तत्काल पास गर्नुपर्ने बताउनुभएको छ । त्रिपाठीले नेपाल भारत सिमा क्षेत्रमा हुने कुनै पनि क्रियाकलाप मधेसको सहमती बिना हुन नसक्ने पनि स्पष्ट पार्नुभयाे । त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी दिनुभएको छ । साथै सुस्ता,त्रिवेणी र मदारथान बाबा पश्चिम नवलपरासीमै राख्नुपर्ने जाेड दिनुभयाे । नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकै स्थानमा उभिनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य देवकरण कलवार सन्तुले उखु र केरा खेतीको पकेट क्षेत्र भएपनि यस क्षेत्रका किसानको उत्पादनले अझै पनि बजार पाउन नसकेको उल्लेख गर्नुभयाे । अर्का प्रदेश सभा सदस्य वैजनाथ कलवारले यस क्षेत्रको विकासका लागी महेसपुर नाका बाट सुनवल हुदै महलपोखरी बाट पाल्पा सम्म जोड्ने फराकिलो सडकको पहुँचका लागी पुर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाको ध्यानआर्कषण गरानुभयाे ।

सो क्रममा पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद यादव, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदल, प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपक, नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज भविश्वर तिवारी, बसपार्क संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद कलवार, अनिल उपाध्याय लगायतले बोल्नु भएकाे बसपार्क व्यवस्थापन समितिका सल्लाहकार कमल किशोर रायमाझीले जानकारी दिनुभयाे ।

संघिय सरकारको एक करोड, पाल्हीनन्दन गाँउपालिकाको १३ लाख गरी कुल १ करोड १३ लाखको लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कंण्डेलले जानकारी दिनुभयाे । सो क्रममा उहाले कंण्डेल परिवारले विगत देखि यस क्षेत्रको विकासमा ठुलो योगदान पुर्याएको बताउनुभयाे । साथै उहाले सुस्तालाई गण्डकी प्रदेशमा गाभ्ने कुरा कुनै हालतमा मान्य नहुने समेत जाेड दिनुभयाे । यदि यस्ताे भयाे भने नवलपरासी बासीहरु आन्दाेलीत हुने दाबी गर्नुभयाे ।

प्रकाशित मिति: २०२४-०६-२२ , समय : २०:०५:०६ , ४ महिना अगाडि