सुनवलले आगामी आर्थिक बर्षका लागी ल्यायो १ अर्ब बढिकाे बजेट

कल्पना खरेल , १९१  पटक हेरिएको

नवलपरासी, असार ८

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब १ अर्ब २७ करोड ३८ लाख ७ हजार ६ सयकाे बजेट ल्याएको छ । आज शनिवार नगरपालिकाले १५ ओै नगरसभामा आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उक्त रकमकाे बजेट ल्याएको हो । चालु खर्चतर्फ ७४ करोड ७३ लाख ९८ हजार ६ सय र पूंजीगत तर्फ ५२ करोड ६४ लाख ९ हजार रकम अनुमानित गरिएको छ । जस मध्ये संघीय सरकारबाट बित्तीय समानिकरण अनुदान रु ४४ करोड ४७ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रू ३ कराेड २२ लाख ३३ हजार रहेकाे छ ।

राजश्व बाडफाडबाट रु २८ करोड ८ लाख ३३ हजार , सामाजिक सुरक्षा कार्यक्रमबाट अनुदान २८ करोड बाह्य श्राेतबाट १ अरब ३ कराेड ७७ लाख ६६ हजार ,आन्तरिक श्राेतबाट रु २० कराेड २१ लाख रहेकाे छ ।

त्यसैगरी गत बर्षकाे नगद माैज्दात रू.३ कराेड ३९ लाख ४१ हजार ६ सय र आन्तरिक श्राेतबाट रू.२३ कराेड ६० लाख ४१ हजार ६ सय रहेकाे छ ।

सुनवल नगरपालिकाले ल्याएको बजेटमा सामाजिक विकास तर्फ रू.६८ कराेड ४५ लाख ६५ हजार ४ सय २५,आर्थिक बिकास तर्फ रू. ४ करोड ४२ लाख ९८ हजार ६ सय ३३, पुर्वाधार बिकास तर्फ रू.२६ करोड ५ लाख ३५ हजार ८ सय ३८,वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रू.२ कराेड २० लाख ९ हजार १ सय ४, सुशासन तथा संस्थागत विकासतर्फ रू.२६ कराेड २३ लाख ९८ हजार ६ सय गरी क्षेत्रगत रूपमा वर्गीकरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

जनचाहना अनुरूप समावेशी,समानुपातिक र जनसहभागितामूलक कार्यक्रम संचालन गरि समृद्ध नगर,सुखी नगरबासीकाे संकल्प पूरा गर्ने लक्ष्य सहित सामाजिक विकासतर्फ स्वास्थ , शिक्षा,भाषा कला तथा साहित्य खानेपानी तथा सरसफाइ, महिला,बालबालिका तथा सामाजिक समावेशीकरण ,युवा,खेलकुद तथा नवप्रवर्तन ,सामाजिक सुरक्षा तथा पंजिकरणलाई प्राथमिकतामा राखेकाे छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ सडक,पुल तथा यातायात ,जलश्राेत,उर्जा तथा स्वच्छ उर्जा, सूचना तथा संचार प्रविधि,सुशासन तथा संस्थागत विकासतर्फ निति,कानुन,न्याय तथा सुशासन ,संगठन तथा क्षमता विकाश आदि, आर्थिक विकासतर्फ कृषि विकास ,पशुपंक्षि विकास, सिंचाइ,उद्योग,व्यापार तथा व्यवसाय,पर्यटन तथा संकृति आदिलाई प्राथमिकतामा राखेर निति कार्यक्रम ल्याइएको सुनवल नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०६-२२ , समय : १९:५०:३६ , ४ महिना अगाडि