सेमलार र लुम्बिनी बिच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सुन्दर गुरुङ , २४५  पटक हेरिएको

कोटिहवा, असार ८

सेमलार ब्याडमिन्टन क्लब र लुम्बिनी स्पोर्ट्स क्लब बिच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता शनिवार लुम्बिनी स्पोर्ट्सको कभर्ड हल सुपौलिमा सम्पन्न भएको छ । ब्याडमिन्टन ट्वान्टी वानसित सहकार्य गरि ब्याडमिन्टन एकेडेमी सन्चालन दुबै कल्बले गरेका छन । खुल्ला डबलमा अनिल क्षेत्रि र आयुस पौडेलको जोडि प्रथम र अनिस थापा र ज्ञानु सिंजालिको जोडि दोस्रो भएका थिए । अन्डर १७ बर्षको एकल खेलमा बिबेक क्षेत्रि प्रथम र रितिक अधिकारी दोस्रो भएका थिए ।

अन्डर १५ मा मेजन के.सि प्रथम र जयबहादुर राय दोस्रो अन्डर ११ तर्फ रेवस दगामी प्रथम र सिहाङ पुन दोस्रो भएका थिए । अन्डर १५ छात्रा तर्फ भने प्रकृया गुरुङ प्रथम र तारा थापा दोस्रो भएका थिए ।

बिजेता खेलाडिहरुलाई तिलोत्तमा वडा नम्बर १४ का वडाध्यक्ष अस्बिन पौडेलले मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । पौडेलले नया खेलाडी उत्पादनमा दुबै कल्बले एकेडेमी संचालन गरेकामा प्रसंशा व्यक्त गर्दै अगामी दिनमा रास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान दिनेमा बिश्वास व्यक्त गर्नु भएको छ । प्रतियोगिताको समापन समारोहमा टिम प्रशिक्षक सुसान्तसिह राजपुत, सरोज सुनार, एकेडेमिका ब्यवस्थापक सुन्दर गुरुङ्ले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता क्लबका सचिब बिस्णु दगामी, स्वागत एकेडेमिका खेलाडी दिनेस बुढा र कार्यक्रम सन्चालन लेलिन रानाले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-२२ , समय : १९:४०:५९ , ४ महिना अगाडि