भाेग चलान गर्दै आएकाे जग्गा न्यायाेचित रुपमा पाउनुपर्ने सहभागिहरुकाे जाेड

पार्वती थारु , २२९  पटक हेरिएको

तिलाेत्तमा, असार ७

रुपन्देहीको तिलाेत्तमा १ काे मगरटाेलमा स्थायी बसाेबास गर्दै आएका सारु परिवारले भाेग चलान गर्दै आएकाे जग्गा न्यायाेचित रुपमा पाउनु पर्ने सहभागिहरुले बताएका छन् । ६५ वर्षसम्म संरक्षण गरि भाेगचलान गर्दै आईरहेकाे जग्गा विवादमा आईसकेपछि अब कानुनि प्रकृयाबाट सत्य र तथ्य छानविन गरि सारु परिवारले पाउनुपर्ने जग्गा यथार्थ रुपमा पाउनुपर्ने सहभागिहरुले बताएका हुन् ।

नेपाल मगर संघ तिलाेत्तमा नगर समितिकाे आयाेजनामा तिलाेत्तमा शुक्रबार भएको सर्वदलिय सर्वपक्षीय छलफलमा सहभागिहरुले यस्तो बताएका हुन् ।

तिलाेत्तमा १ शंकरनगरकाे मगर टाेलका स्थायी बासिन्दा जिजु बाजे मनिराम सारु, बाजे हर्षा बहादुर सारुकाे जेठा छाेरा विकाराम सारु र उनकाे परिवारले जाेतभाेग गर्दै आएकाे ११ कठ्ठा ७ धुरकाे जग्गाकाे विवाद समाधान गरि न्यायकाे माग गरेका छन् ।

विवादित जग्गाको बारेमा सत्य तथ्य छानविन गर्नका लागि आजकाे सर्वदलीय बैठक बाेलाएकाे र बैठककाे सहमति अनुसार प्रकृयागत रुपमा अगाडि जाने बताउनु भयाे ।

आज भएको छलफलबाट सारु परिवारकाे विवादित जग्गाकाे समस्या समाधानका लागि पुर्व वडा समिति, वडा कार्यालयसगँ सहकार्य गरि सहमति पत्र बनाई सारु परिवारकाे न्याय प्रकृया अगाडि बढाईने सहमति भएको छ ।

सारु परिवारले वि सं २०११ सालमा फडानि गरि वि सं २०१६ सालदेखि जाेगभाेग गर्दै आजसम्म आएकाे जेठि बुहारि विष्णु सारुले बताउनु भयाे । ” एकतर्फी कुरा सुनेर मात्र हुन्छ , पिडितकाे कुरा सुन्न पर्दैन , जिल्ला प्रशासनमा ४० जनाकाे हस्ताक्षर मान्य हुने तर १७० जनाकाे हस्ताक्षर मसगँ छ त्याे मान्य नहुने कस्ताे खालकाे नीति हाे याे ?” भन्दै आक्राेश पाेख्नु भएको थियाे ।

मालपाेत कार्यालयमा कित्ता नं ७४ ताेकि टाेकन पाएकाे तर उक्त टाेकन हराएकाले जग्गा धनी पुर्जा पाउन नसकेकाेमा याे कुनै सार्वजनिक नभई विगत ६५ वर्ष सम्म जाेतभाेग गर्दै आएकाे बाबा हर्षाबहादुर सारु र आमा कलावति सारुकाे नाममा प्रमाण रहेकाले सार्वजनिक जग्गा भन्न कसरी मिल्छ भन्दै सारु परिवारले प्रश्न गरिरहेकाे छ ।

सारु परिवारले २०८० माघ ११ गते नेपाल राजपत्र अनुसार नेपाल सरकारले मालपाेत नियमावली २०३६ काे नियम ४ /क काे उपनियम १ काे परियाेजनाकाे लागि जग्गा (नापजाँच ) ऐन २०१९ बमाेजिम नापनक्सा भएको तर दर्ता गर्न छुट भएको जग्गाकाे दर्ताका लागि समेत मालपाेत कार्यालय भैरहवा रुपन्देहीमा निवेदन पेश गरेकाे अवस्थामा सार्वजनिक जग्गा भनेर स्वास्थ्य चाैकि वा अन्य कुनै भवन बनाउन नदिने सारु परिवारकाे भनाई छ ।

आर्थिक वर्ष २०७६/७७ मा तत्कालिन तिलाेत्तमा नगरपालिका , वडा नं १ काे कार्यालयका अध्यक्षबाट स्वास्थ्य चाैकि निर्माणका नाममा तत्कालिन तिलाेत्तमा नगपालिका प्रमुखबाट शिलान्यास कार्य थालनि हुदाँ हुँदै सारु परिवारले कुनै जानकारि नदिएकाे भन्दै शिलान्यास राेकेपछि विवादमा परेकाे हाे ।

नेपाल मगर संघ तिलाेत्तमा नगरसमितिका अध्यक्ष लिलमाया रानाकाे अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी ,नेपाली कांग्रेस , नेकपा माओवादि, राप्रपा लगायत विभिन्न राजनैतिक दल , सामाजिक संघ संस्थाका अगुवा कार्यकर्ता , प्रतिनिधि, लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति: २०२४-०६-२१ , समय : १८:५७:५४ , ४ महिना अगाडि