साईपालमा जडिबुटी सम्वन्धि कार्यशाला गाेष्ठी सम्पन्न

उत्तमकुमार थापा , २९१  पटक हेरिएको

बझाङ , असार ८

बझाङ जिल्लाको साईपाल गाउँपालीकामा जडिबुटी सम्वन्धि कार्यशाला गाेष्ठी सम्पन्न भएको छ । गाउँपालीकाकाे आयाेजनामा आज साईपाल गाउँपालीकाकाे कार्यालयमा जडिबुटी सम्वन्धि कार्यशाला गाेष्ठी सम्पन्न भएको हाे ।

 

जडिबुटीकाे प्रवल सम्भावना भएको यस गाउँपालीकाकाे जडिबुटी लाई कसरी व्यावस्थापन गर्न सकिन्छ,यसकाे व्यावस्थापन यसवाट हुन सक्ने फाईदा बेफाइदा बारे जनसमुदायलाई सचेतता जगाएकाे थियाे ।

सभाहलमा सञ्चालन भएको कार्यक्रममा साईपाल गाउँपालीका अध्यक्ष मानविर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि निर्वतमान अध्यक्ष राजेन्द्र बहादुर धामी , गाउँपालीका उपाध्यक्ष डाेल्मा तामाङ , निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी पत्रकार स्थानीय बासी लगायत उपस्थिति रहेकाे थियाे ।

 

बझाङ जिल्लाकाे ३२३५किलोमिटर भू भाग रहेकाेमा १४६७ वर्ग किलोमिटर साईपाल गाउँपालीकाकाे रहेकाे छ । गाउँपालीकाले जिल्लाकाे आधा भाग रहेकाेमा यस क्षेत्रमा प्रवल जडिबुटी रहेकाे पाईन्छ । कार्यक्रममा साईपालका ईन्जिनियर तिलक विकले कार्यक्रमकाे सहजिकरण गर्नु भएको थियाे स्वागत मन्तव्य ईश्वर बाेहराले राख्नु भएको हाे । कार्यक्रम सञ्चालन दिपक बाेहराले गर्नुभएको थियाे ।

प्रकाशित मिति: २०२२-०६-२२ , समय : २१:५५:०९ , २ वर्ष अगाडि