सिनपा वडा नम्बर ५ द्धारा सिद्धार्थ बालगृहमा खाद्यान्न सामग्री बितरण

सामाजिक उत्तरदायित्व अन्तर्गत वडा ५ द्धारा बिभिन्न बिद्यालयहरुमा खेलकुद सामग्री हस्तान्तरण

उर्मिला यादव यात्री , ३५३  पटक हेरिएको

भैरहवा, असार ७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले सिद्धार्थ बाल गृहमा खाद्यान्न सामग्री वितरण गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

खाद्यान्न सामग्री हस्तान्तरण गर्दै समाजसेवी अग्रवालले सिनपा वडा नम्बर ५ ले शिक्षा, स्वास्थ्य ,युवाहरुको क्षमता बिकासका लागी तालिम लगायत हरेक क्षेत्रमा सक्रिय भएर काम गर्दै आएको बताउनु भएको छ । उहाले सिद्धार्थनगर पालिकाका अन्य वडाले पनि वडा नम्बर ५ को सिको गर्नुपर्ने बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले जनताको सेवामा दिनरात खटेको र जनताको चाहना अनुरुप नै काम गर्दै आएको बताउनु भएको छ । समाजसेवी अग्रवालले सिद्धार्थ बालगृहमा अझै पनि सहयोगको आवश्यकता भएकोले यसको ब्यवस्थापनका लागी नगरपालिका संग पहल गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै बालबालिकाहरुको सहयोगका लागी खाद्यान्न सामग्री वितरण गरिएको बताउनु भएको छ । उहाले बालबालिकाको संरक्षण गर्नु र गुणस्तरीय सेवा प्रदान गर्नु हामी सबैको दायित्व भएकोले उनीहरुको संरक्षण गर्नु मात्र नभइ खानपानमा पनि उत्तिकै ख्याल गर्नुपर्ने बताउनु भएको छ । उहाले खाद्यान्न बितरण सिनपा वडा नम्बर ५ को बिपद ब्यवस्थापनमा रहेको रकम लगायत वडाबासीहरुको सहयोगमा बालगृहलाई आलु, चामल, दाल, भुजा, चिउरा, पिठो, तेल, चाउचाउ ,बिस्कुट ,लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ । उहाले आगामी दिनहरुमा पनि वडाले यसरी नै सहयोग गर्दै जाने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यकारी उपसचिव खगेन्द्र शर्माले सिनपा वडा नम्बर ५ ले वडाबासीहरुको हकहितका लागी निरन्तर रुपमा काम गर्दै आएको बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले बिकास निमार्ण संगै सामाजिक उत्तरदायित्वलाई बोध गर्दै जेष्ठनागरिक भ्रमण तथा सम्मान, महिलाहरुलाई आर्जिन उपार्जन संग जोडनका लागी बिभिन्न किसिमका तालिमहरु लगायत युवा तथा बालबालिकाहरुको क्षमता बिकासका लागी बिभिन्न किसिमका कामहरु गर्दै आएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा सिद्धार्थ बालगृहका संचालक कृष्णमाया गुरुंगले बालगृहलाई सिनपा वडा नम्बर ५ ले खाद्यान्न सामाग्री सहयोग गरेकोमा धन्यवाद दिदै यसरी नै आगामी दिनहरुमा समेत सहयोग हुने बिश्वास लिनु भएको छ । उहाले सिद्धार्थ बालगृहको जग्गाको लागी बिगत १४ बर्ष देखी दौडधुप र संघर्ष गर्दै आए पनि सहयोग नपाएको गुनासो गर्नु भएको छ । उहाले बालगृहमा बिभिन्न संघसंस्थाहरुबाट सहयोग आएकोले यसरी नै सहयोगको अपेक्षा रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा सिनपा वडा नम्बर ५ का वडा सदस्य सरस्वती श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा वडा सदस्यहरु किरनदेवी सुनार, प्रेमनारायण तेली, विनित कुमार बेरिवाल, पूर्व वडाअध्यक्ष भरत सिंह विजुक्छे, सामाजसेवी रुपक गुभाजु, मनिष अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले श्री बालमन्दिर आधारभूत विद्यालयमा ५ थान राउण्ड टेबल, १ थान चिप्लेटी सेट फाईवर वितरण गरेको छ । बिहीबार सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको रोहबरमा उक्त सामग्री वितरण गरिएको थियो ।

यस्तै गरी सिनपा वडा नम्बर ५ ले तेक्वान्दो खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । खेलाडीलाई प्रोत्साहन गर्न र आत्मबल बढाउन सामग्री वितरण गरिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताउनु भएको छ । वडाअध्यक्ष श्रेष्ठले बिहीबार भैरहवा तेक्वान्दो क्लबका पदाधिकारीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गर्नु भएको हो । यस्तै गरी सद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले भैरहवा नमुना माध्यमिक विद्यालयमा बालबालिकाहरुका लागि ५ थान राउण्ड टेबल, १ थान चिप्लेटी फाइबर वितरण गरेको छ ।

वडा कार्यालयको विनियोजित बजेटबाट उक्त सामग्रीहरु वितरण गरिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताउनु भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता, प्राचार्य चुन्न प्रसाद पाण्डे, वडा सदस्यहरु सरस्वती श्रेष्ठ, विनित कुमार बेरिवाल, प्रेमनारायण तेली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०६-२१ , समय : १८:२९:०४ , ४ महिना अगाडि