सिनपा वडा नम्बर ५ मा ७ दिने चुरापोते बनाउने तालिम सुरु

रुपन्देही खबर , २०५  पटक हेरिएको

भैरहवा, असार ६

‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मुलनाराका साथ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा बुधबार देखि महिलाहरुको लागि ७ दिने चुरा र पोते सेट बनाउने सीपमुलक तालिम सुरु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडानम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा दिने चुरा र पोते सेट बनाउने तालिम सुरु भएको हो ।

तालिमको उदघाटन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष गुरुङले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताउनु भएको छ । उहाले जब सम्म सिप सिकिदैन तब सम्म अगाडी बढन नसकिने बताउदै सीप मुलक तालिमकोे महत्व बारे जानकारी दिदै तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो । उहाले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै सीपलाई बजारीकरणसंग जोडन वडाले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडाबासीहरुको सीप क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले वडाबासीहरुलाई सक्षम बनाउनका लागी बिभिन्न किसिमका तालिमहरु संचालन गर्दै आएको र महिलाहरुलाई रोजगारीसंग जोडने उद्देश्यका साथ तालिम संचालन गरिएको बताउनु भएको छ । वडाध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिदै जाने प्रतिबद्धता गर्नु भएको छ ।

सिनपा वडा नम्बर ५ को वडासदस्य विनित कुमार बेरिवालको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजसेवी केशव प्रसाद गुप्ता, दिपेन्द्रमान श्रेष्ठ, पूर्व वडाअध्यक्ष भरत सिंह बिजुक्छे, रमेश गौतम, लेखनाथ भट्टराई, जीवन क्षेत्री, प्रद्युमन श्रेष्ठ, दुर्गा गुरुङ, वडा सदस्य किरन देवी सुनार, प्रेम नारायण तेली, सीता बुढाप्रिती, निलु श्रीस, वडा सचिव बन्दना उपाध्याय लगायतको सहभागिता रहेको थियो । भने सिनपा वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । तालिममा ३० जना महिलाहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति: २०२४-०६-२० , समय : १७:२३:५० , ४ महिना अगाडि