मुलुकको वर्तमान राजनैतिक परिस्थितिमा जनमुक्तिको भुमिका विषयक अन्तरक्रिया

पार्वती थारु , २५६  पटक हेरिएको

भैरहवा, असार ३

मुलुकको वर्तमान राजनैतिक परिस्थितिमा जनमुक्तिको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम शानिवार सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समिति (लुथम) को आयोजनमा पार्टी कार्यालय कविराज भवन मंगलापुरमा कार्यक्रम भएको हो । प्रदेश परिचालन समितिका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा रहेको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पाटीका कार्यकारी अध्यक्ष केशवहादुर सुर्यवंशीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुर्यवंशीले एकरुपतामा हिडाइको शक्ति सरल, बलियो र मजबुत हुने बताउदै जनमुक्तिले देशको लागी दिनरात अथक प्रयास गरिरहेको बताउदै चाँडै नै सफलता पनि हासिल गर्ने बताउनु भएको छ । उहाले पार्टीलाई मात्रै नभएर देश र देशका जनताको हक र हितलाई पनि आजको यस अवस्थामा ल्याउन सकेकोमा पार्टीका लागी गर्वको विषय रहेको बताउनु भयो ।

सुर्यवंशीले बहुजातिय लोकतान्त्रिक समाजवाद र समृद्ध नेपालको निर्माणमा राष्ट्रिय जनमुक्ति पार्टी लागीरहेको बताउनु भएको छ । यसैगरी कार्यक्रमका अध्यक्ष तथा प्रदेश समितिका अध्यक्ष झमबहादुर गुरुङले बोल्दै नेतृत्व गरेर देखाउने समय आएकाले सबै कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । हिजोको दिनमा पनि पार्टीले देशको विकासमा काम गरेको हो गर्दै आइरहेको छ र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउदै आएको स्मरण गराउनु भएको थियो । देशको भौतिक , साँस्कृतिक , प्राकृतिक र धार्मिक विषयमा त्यसको विनास होइन विकास र संरक्षण गर्दै प्रर्वद्धनको काम गरिरहेको उहाले बताउनु भएको छ । पार्टीका उपाध्यक्ष लिलमाया रानाको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन समितिका सचिव चित्र प्रसाद गुरुङले गर्नु भएको थियो ।

कार्यक्रममा वडा , जिल्ला , प्रदेश तथा केन्द्रिय समितिका अध्यक्ष, प्रतिनिधि ,पदाधिकारी तथा सदस्यहरुले आ आफ्नो भनाई राख्दै देशको बर्तमान अवस्थामा आएको चुनौती र समस्यालाई पार लगाउदै अगाडि जाने कुरामा जोड दिएका थिए ।

प्रकाशित मिति: २०२४-०६-१७ , समय : १३:२१:४३ , ४ महिना अगाडि