नवलपरासीको पन्चनगरमा ९५ जना महिलाको भिआइए जाँच

प्रकाश न्यौपाने , २७०  पटक हेरिएको

नवलपरासी, जेठ ३०

पश्चिम नवलपरासीको बर्दघाट ०९ पन्चनगरमा ९५ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्कृनिङ्ग गरिएको छ । पन्चनगर स्वास्थ चौकीको आयोजना र बर्दघाट वडा नम्बर ०९ को सहयोगमा पाठेघरको जाच गरिएको हो ।

बर्दघाट नगरपालिका वडा नम्बर ८,९, १० र ११ का ९५ जना महिलाहरुमा पाठेघरको जाच गरिएको थियो । जसमा २८ जनामा पाठेघरको सक्रमण भएको र ५ जनामा महिलाहरुमा भिआइए पोजेटिभ भेटिएको पन्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिल्सिनाले जानकारी दिनु भयो । स्वास्थ्य शिबिरमा बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट नगरपालिकले स्वास्थ्य क्षेत्रलाइ बिशेष प्राथमिकताका साथ लिएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले स्वास्थ्य चौकीबाट हुने शिविरमा विशेषज्ञ सेवा प्रदान गर्न सहज हुने बताउनु भयो । “आधार भुत स्वास्थ्य चौकीमा सामान्य किसिमको उपचार नियमित हुन्छ । यी र यस्तै शिबिर राख्दा विशेषज्ञ सेवा सेवाग्राहीहरुले पाउनु हुन्छ ।” चापागाईंले भन्नुभयो ।

चिसापानी अस्पतालकि मेडिकल सुपरिटेन्डेन्ट तथा स्त्री रोग विशेषज्ञ डाक्टर मन्जिला घिमिरे, नर्सिङ निरिक्षक मिना श्रेष्ठ र बर्दघाट नगरपालिका स्वास्थ्य शाखाकी सिता शर्माले परिक्षण गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-१२ , समय : २१:०३:१४ , ४ महिना अगाडि