जसपा नेपालको केन्द्रीय सदस्यमा विद्या प्रसाद यादवको उम्मेदवारी

रुपन्देही खबर , ३१५  पटक हेरिएको

भैरहवा, जेठ ३०

जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय सदस्य पदमा रुपन्देहीका विद्या प्रसाद यादवले उम्मेदवारी दिनु भएको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष समेत रहनु भएको यादवले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्नु भएको हो । उहा हाल जसपा नेपालको संघीय परिषद् सदस्य हुनुहुन्छ ।

उहाले जसपा नेपालको राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गर्नु भएको र आफनो पक्षमा मतदान गरिदिनु हुनको लागि अनुरोध गर्नु भएको छ । मधेश प्रदेशको जनकपुरधाम स्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समिति बन्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-१२ , समय : १७:११:२४ , ४ महिना अगाडि