भैरहवामा सहकारी शिक्षा तालिम सम्पन्न

रुपन्देही खबर , २७२  पटक हेरिएको

भैरहवा, जेठ २६

उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड.सिद्धार्थनगर–७, रुपन्देहीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको तालिमको उद्घाटन तथा सहजीकरण सिद्धार्थगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गर्नु भएको थियो । सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष खिम बहादुर खत्रीले संस्थाको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको बताउनु भएको छ । उहाले भन्नु भयो ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’ उहाले उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थालाई अब्बल सहकारीको रुपमा स्थापित गर्न लागिपरेको बताउनु भएको छ । अध्यक्ष खत्रीले देशको आर्थिक स्थिति जर्जर अवस्थामा पुगेको र केही सहकारीका गलत क्रियाकलापका कारण सहकारीहरु मर्कामा परेको बताउनु भएको छ ।

त्यस्तै सहकारीका सचिव अनिल कुमार ज्ञवालीले बढी ब्याज पाउने लोभमा सहकारीको बारेमा नबुझी पैसा जम्मा नगर्न आग्रह गर्नु भएको छ उहाले भन्नु भयो , ‘हजुरहरुको पैसा सुरक्षित छ कि छैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’ कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको तालिम संयोजक तथा सहकारीको शिक्षा उपसमिति संयोजक कृष्ण प्रसाद प

प्रकाशित मिति: २०२४-०६-०८ , समय : १९:०४:११ , ५ महिना अगाडि