रुपन्देही खबर , १९६ पटक हेरिएको
भैरहवा, जेठ २६
नेपाल पत्रकार महासंघको चुनाव सरेको छ । २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।
मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनु भएको छ ।
उहाका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो । असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन ।
साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गर्नु भएको छ ।
प्रकाशित मिति: २०२४-०६-०८ , समय : ०८:१२:२४ , ६ महिना अगाडि