भैरहवामा वातावरण सम्बन्धी चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , २६२  पटक हेरिएको

भैरहवा,जेठ २४

सिद्धार्थनगर-९ नयाँ कोलोनी टोल सुधार समितिको आयोजना र शिक्षा उपसमितिको सहकार्यमा नयाँ कलोनी टोल सुधार समितिका बालबालिकाहरूका लागि विश्व वातावरण दिवस २०२४ को अवसरमा वातावरण सम्बन्धी चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता बुधवार भैरहवामा सम्पन्न भएकाे छ ।

निबन्ध लेखन प्रतियोगितामा सम्पदा खनाल प्रथम र चित्रकलातर्फ मान्यता जोशीले प्रथम पुरस्कार प्राप्त गरेको नयाँ कोलोनी टोल सुधार समितिका सदस्य सुवास रिजालले जानकारी गराउनु भएको छ । सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष तथा प्रध्यापक डिल्लीराज भट्टराईको प्रमुख आतिथ्य र नयाँ कलोनी शिक्षा उपसमितिका संयोजक लक्की प्रसाद जोशीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा निबन्ध लेखन तथा चित्रकला प्रतियोगिता कार्यक्रमका निर्णायक समितिका संयोजक उपप्राध्यापक कृष्णप्रसाद बस्याल, नयाँ कोलोनी टोल सुधार समिताका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, नयाँ कोलोनी महिला समूहका अध्यक्ष तुलसा भुसालले शुभकाममा मन्तव्य राख्नु भएकाे थियो।

दुई दर्जन बालबालिका प्रतियोगितामा सहभागी रहेको र दुबै तर्फ प्रथम, द्वितीय र तृतीय गरी तीन तीन जनालाई प्रमुख अतिथि डिल्लीराज भट्टराईले नगद राशी सहित प्रमाण पत्र प्रदान गर्नु भएकाे थियो ।

नयाँ कलोनी टोल सुधार समिति शिक्षा उपसमितिका सदस्य डिलाराम पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमको संचालन नयाँ कलोनी टोल सुधार समितिका सचिव झविन्द्र बेलबासेले गर्नुभएकाे थियो ।

प्रकाशित मिति: २०२४-०६-०६ , समय : ०८:४५:३५ , ६ महिना अगाडि