प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा तिन पत्रकार सम्मानित

पवन प्रसाद साह , २३६  पटक हेरिएको

काठमाडौं, जेठ २१

प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौं एक कार्यक्रमका बिच सम्पन्न भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा आइतबार भक्तपुर थिमी बान्केवेट होटलमा भएको कार्यक्रमको समापन गर्दै नेपाल सरकारका उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ठाउँको भाषामा समाचार प्रसारण तथा सम्प्रेषण गरेर मातृभाषालाइ संरक्षण गर्नु पर्ने बताउनु भएको छ । मातृभाषा पत्रकारिताले विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा समेत योगदान पुर्याउँछ’ मन्त्री श्रेष्ठले बताउनु भयो । मातृभाषामा समाचार लेख्ने पत्रकारहरुमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने उल्लेख गर्दै उहाले यसबाट पाठक र स्रोताको लागि उपयोगी र सान्दर्भिक समाचार बनाउन सघाउने धारणा व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा सार्क जर्नालिष्ट फोरममा आबद्ध रहेका भारत, बंगलादेशलगायतबाट मात्रृभाषि पत्रकारहरुको सहभागिता रहेको सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले जानकारी दिनु भएको छ ।

उक्त प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पर्सा जिल्लाबाट प्रहार डेली अनलाइन न्युज पोर्टलका सम्पादक राहुल कुमार गुप्ता, अनलाइन न्युज दैनिकका सम्पादक अजय कुमार साह,सौर्य दैनिकका पर्सा संम्वाददाता पवन प्रसाद साह लाइ प्रमाण पत्र, मायाको चिनो,प्रेस ज्याकेटबाट सम्मान गरिएको हो ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को सहकार्यमा भएको दुइ दिने प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको समापन कार्यक्रम नेपाल सरकारका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख अतिथि तथा नेवा:पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्दरलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामा,सचिव अब्दुल रहमान,सदस्य सुधानसु अनुरुध लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२४-०६-०३ , समय : ०५:३८:४५ , ५ महिना अगाडि