रुपन्देही खबर , २५६ पटक हेरिएको
भैरहवा, जेठ १४
रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी राकेश कुमार चौधरीले सम्हाल्नु भएको छ । चौधरीलाई आइतबार रोहिणी गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी लगायतले स्वागत गरेका छन । यसअघि उहाले सम्मरीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो । सरुवा भएर रोहिणीमा आएका चौधरीलाई गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रवक्ता वीर बहादुर क्षेत्री, शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे, वडा सदस्यहरु र गाउँपालिकामा कार्यरत कर्मचारीहरुले स्वागत गरेका छन ।
सो अवसरमा बोल्दै प्रमुख प्रमुख प्रशासकीय अधिकृत चौधरीले आफू यस्तै गाउँठाउँमा हुर्किएकाले नयाँ ठाउँमा आए जस्तो अनुभुति नभएको बताउनु भएको छ । उहाले केही गर्न सक्ने जस्तो लागेको र यसमा सबैको सहयोग हुने अपेक्षा र विश्वास लिएको बताउनु भएको छ । उहाले भन्नु भयो यसअघिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम सरको राम्रो विचारलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’ उहाले गाउँपालिकाको विकासका लागि अघि बढ्ने बताउनु भयो ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिका राम्रो र इतिहास बोकेको गाउँपालिका भएको बताउनु भएको छ । उहाले सबैको सोच गाउँपालिकाको विकास गर्नुपर्छ भन्ने रहेको बताउदै नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न र कार्यालयको कामलाई व्यवस्थित गर्न आफुले पनि दिशानिर्देश गर्ने बताउनु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले गाउँपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारी समन्वय गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राकेश कुमार चौधरीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाले अधुरा कामलाई पूरा गर्नुपर्नेमा जोड भएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेल उहाले रोकिएका योजनाहरु सम्पन्न गर्नुपर्नेमा जोड दिनु भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०५-२७ , समय : ११:५२:५५ , ६ महिना अगाडि