रुपन्देही खबर , १९७ पटक हेरिएको
कञ्चन,जेठ १३
कञ्चन सूचना तथा सञ्चार केन्द्र, कञ्चन रुपन्देहीको आयोजना तथा कञ्चन साथी सञ्जालको सहकार्यमा कञ्चन गाउँपालिका स्तरीय आधारभूत बिद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। जिवनको तेश्रो आँखा शिक्षा, शिक्षा बिना समाज रुपान्तरण सम्भव छैन भन्ने सन्देश सहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा कञ्चनका संस्थागत र सामुदायिक बिद्यालयगरी २० बिद्यालयहरुले सहभागिता रहेकको थियाो । प्रतियोगितामा प्रगती नमुना माध्यमिक बिद्यालय प्रथम, क्रिएटिभ लुम्बिनी ईङ्गलिस स्कुल द्वितिय र हिमाल आधारभूत बिद्यालय तृतिय भएको थियो भने सरस्वती माध्यमिक बिद्यालय सान्तवना भएको थियो।
प्रतियोगितामा विजेता तथा उपविजेता बिद्यार्थीहरुलाई सम्मान तथा बधाई दिदै कञ्चन गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केशर बहादुर खत्रीले बिद्यार्थीहरुमा भएको प्रतिभा र स्मरण शक्तीको परिक्षण परिक्षालेमात्र नभई अतिरिक्त क्रियाकलापहरुमा उसले प्रदर्शन गर्ने कला र क्षमताको आधारमा पनि हुने बताउनु भयो । संचार गृहहरुले समाचार लेख्नु, वा समाजमा भएका राम्रा र नराम्रा पक्षहरुलाई बाहिर ल्याउने कार्यमात्र नभई सृजनात्मक कार्यहरुबाट पनि समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न सकिने वडा अध्यक्ष खत्रीले बताउनु भयो।
वडा अध्यक्ष खत्रीले हरेक प्रतियोगिताहरु हारजितमामात्र नभई एक अर्काबाट ज्ञान र सिपहरु सिक्ने उल्लेख गर्दै कार्यक्रममा सहभागी भएर नयाँ नयाँ ज्ञान प्राप्त गर्न पाउनु पनि जित भएसरह नै भएको बताउनु भयो।
यसैगरी कार्यपालिका सदस्य सुशिला थापाले कञ्चन सूचना तथा सञ्चार केन्द्रले कञ्चन खवर मार्फत र कञ्चन साथी सञ्जालले सचेतनामुलक कार्यक्रम संचालन गरेर समाज रुपान्तरणको क्षेत्रमा पुराएको योगदान अतुलनिय रहेको बताउनु भयो। राम्रो काम गर्ने कुनै पनि समूह तथा ब्यक्तीहरुको अनेक टिकाटिप्पणी हुने भएपनि ती टिकाटिप्पणीहरुलाई पनि एउटा सिकाईको रुपमा ग्रहण गरेर थप नयाँ योजनाका साथ अगाडी बढाउदै जानु पर्ने कुरामा कार्यपालिका सदस्य थापाले जोड दिनु भयो।
कञ्चन सूचना तथा सञ्चार केन्द्रका प्रबन्ध संचालक जगी लाल थापाले बिद्यालय भित्र पढाइने हुने नियमित पाठ्यक्रमलाई समेत सहयोग पुर्याउन र अतिरिक्त कृयाकलाप मार्फत बिधार्थीहरुको शैक्षणिक कृयाकलापलाई परिस्कृत बनाउन सहज पुर्याउन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो।
कञ्चन सूचना तथा सञ्चार केन्द्रका प्रबन्ध संचालक जगी लाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्वीज मास्टर विनोद के।सी।ले हाजिरी जवाफ प्रतियोगिता संचालन गर्नु भएको थियो। श्री रुद्रपुर माध्यमिक बिद्यालयमा संचालन गरिएको कार्यक्रममा कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले स्वागत गर्नु भएको थियो भने रुद्रपुर साथी सञ्जालका अध्यक्ष समिक्षा रानाले कार्यक्रम संचालन गर्नु भएको थियो।
प्रतियोगितामा विजेता टिमले नगद ३ हजार रुपैया सहित कप र प्रमाण पत्र प्राप्त गरेका थिए भने उपविजेता बिद्यालयले नगद २ हजार रुपैया सहित कप र प्रमाण पत्र प्राप्त गरेको थिए। यसैगरी तृतिय हुने बिद्यालयले नगद १ हजार र सान्त्वना हुने बिद्यालयले नगद ५ सय रुपैया सहित प्रमाण पत्र प्राप्त गरेका थिए।
प्रकाशित मिति: २०२४-०५-२६ , समय : ११:१८:१६ , ६ महिना अगाडि