उर्मिला यादव यात्री , ३४६ पटक हेरिएको
भैरहवा, जेठ ९
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा संचारकर्मी महिलाहरुका लागि क्षमता अभिबृद्धी कार्यक्रम बुधबारदेखि बुटवलमा सुरु भएको छ । कार्यक्रम उद्घाटन गर्नु हुँदै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले लुम्बिनी प्रदेशमा महिलामैत्री बातावरण बनाउन पत्रकारको भुमिका अहम रहने बताउनु भएको छ । उहाले महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा परेका जटिलता र समस्यालाई कसरी समाधान गर्न सकिन्छ यस बिषयमा मन्त्रालय सकरात्मक रहेको बताउनु भएको छ । उहाले दिनरात नभनी पत्रकारिता क्षेत्रमा खटिएका महिला पत्रकारले काम गरे अनुसार पारिश्रमिक नपाएको गुनासो गर्दै उहाले यस बिषयमा पनि छलफल गर्न जरुरी रहेको उल्लेख गर्नु भयो ।
मन्त्री अधिकारीले पत्रकार महिलाहरु सुत्केरी भएको समयमा जागिर छोडनु परेको लगायतका समस्याहरुलाई अबका दिनमा नदोहरयाउन र त्यस्ता समस्याहरु समाधानका लागी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशले पहल गर्ने र सधै साथमा रहने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले पत्रकारितालाई अझै उच्च स्तरमा लैजान र यसको बिकासका लागी महिला पत्रकारहरुसंग सहकार्य गरेर सुत्केरी बिदा ,औषधी उपचार, लगायत बिभिन्न किसिमका समस्यालाई समाधान गर्नका लागी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको तर्फबाट सहकार्य गर्ने बताउनु भएको छ ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका सचिव शारदा बस्यालले कार्यक्रमको सहजीकरण गर्दै लुम्बिनी प्रदेश, प्रदेश सरकार कार्यबिभाजन, नियमावली, २०७९ अनुसार सामाजिक बिकास मन्त्रालयका कार्य जिम्मेवारी अन्तर्गत लैंगिक हिंसा निवारण र मानव बेचबिखन बिरुद्धसंग सम्बन्धित जिम्मेवारीहरु, नीति तथा कार्यक्रम २०८०। ८१, लुम्बिनी प्रदेशको लैंगिक समानता निती २०८० लगायतका बिषयमा सहजीकरण गर्दै लुम्बिनी प्रदेशमा महिला माथि हुने संरचनागत तथा संस्कारगत बिभेद अझै पनि कायमै रहेको बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेशमा बालबिवाह जस्ता महिला अधिकार हनन हुने अवस्था गम्भिर समस्याको रुपमा रहेको बताउदै लैंगिक समानताका स्थिती प्रष्टयाउने पर्याप्त खण्डीकृत तथ्यांकको कमी , नीति , योजना तथा कार्यक्रममा लैंगिक मुलप्रवाहीकरण गर्ने कमजोर क्षमता, लैंगिक उत्तरदायी बजेटको कमजोर कार्यान्वयन लगायतका समस्या र चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै गरी संचारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले लुम्बिनी प्रदेशमा महिला पत्रकारको अवस्था र चुनौतीका बिषयमा जानकारी गराउदै अझै पनि नेपाली मिडियाहरु महिला मैत्री हुन नसकेको बताउनु भएको छ । उहाले पत्रकारिता क्षेत्रमा पुरुषहरु भन्दा महिलाहरु अग्रपंक्तिमा रहेर काम गरे पनि महिलाले गर्ने कामको सहि मुल्याकंन हुन नसकेको गुनासो गर्नु भयो ।
बुधबारदेखी बुटवलमा सुरु भएको संचारकर्मी महिलाहरुका लागि क्षमता अभिबृद्धी कार्यक्रममा रुपन्देहीका ३० जना महिला पत्रकारहरुको सहभागिता रहेको छ ।
प्रकाशित मिति: २०२४-०५-२२ , समय : २२:११:४६ , ७ महिना अगाडि