आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास

अम्बिका परियार , ४१५  पटक हेरिएको

बुटवल, जेठ ९

बुटवल उपमहानगरपालिका वडा न.२ मा रहेको नगर स्तरीय आमा मिलन केन्द्रको बुधबार एक कार्यक्रमका बिच भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा न २ का जनप्रतिनिधि कुमारी देबि दर्नालले वडाको बिकासका लागि सबै क्षेत्रको समानुपातिक बिकास हुन जरुरी रहेको बताउनुभएको छ । उहाले आमा समुहको भवनको लागि बिगतका बर्षहरु देखि नै माग गरेता पनि अहिले बल्ल भवन निर्माणका लागि जग्गा सङ्गै आर्थिक उपलब्ध गर्याएको भन्दै भवन निर्माणका लागि अपुग भए आगामी बर्ष थप बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । साथै उहाले समग्र वडाको विकासको लागि सबैले हातेमालो गरि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै आमा मिलन केन्द्रका अध्यक्ष साबित्रा पन्थीले समुहको भवन नहुदा बर्षौ देखि झोलामा बोक्नु पर्ने, महत्वपूर्ण फाईलहरु हराउने, बैठक बस्न ठाउहरु फेरिरहनु पर्ने जस्ता समस्याहरु भोग्नु परेकाले बिगत लामो समय देखि वडा र पालिका सङ्ग जग्गा माग गरेको भए पनि अहिले बल्ल उपलब्ध भएकोमा वडाका जनप्रतिनिधि र टोलबिकास संस्थालाई धन्यवाद समेत दिनुभयो साथै उहाले भवन निर्माण सम्पन्न गर्नका लागि आगामी दिनमा बजेट छुट्याईदिन वडा सङ्ग आग्रह गर्नुभयो ।

भवन निर्माणका लागि वडा न .२ वडाले यो आर्थिक बर्षमा २ लाख ५० हजार आर्थिक सहयोग गरेको छ भने वडाकै श्री रामनगर टोल बिकास संस्थाले जग्गा उपलब्ध गराएको हो ।

शिलान्यास कार्यक्रममा वडाका जनप्रतिनिधि, टोलविकास संस्थाका सदस्यहरु, आमा मिलन केन्द्रका पदाधिकारी तथा सदस्यहरु तथा स्थानिय बासिन्दाको उपस्थिती रहेको थियो । कार्यक्रम संस्था कि सचिब रन्जिता जोशी मल्लले सन्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०५-२२ , समय : १३:५८:३३ , ५ महिना अगाडि