बुटवलको नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकतमा राख्न सुझाव

रुपन्देही खबर , ३४८  पटक हेरिएको

बुटवल , असार ७

मुलुक संघीय प्रणालीमा गएकाले स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा संचार क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । बुटवल उपमहानगरपालिकाले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सम्बन्धनमा रुपन्देहीका संचारकर्मीहरुसँग गरेको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन्।

छलफलमा पत्रकारहरुले बुटवल पत्रकारिताको केन्द्रविन्दु भएकाले बुटवललाई पत्रकारिताको हबको रुपमा विकास गर्ने गरी उपमहानगरले आवश्यक बजेट बिनियोजन गर्नका लागि सुझाव दिएका छ्न । साथै संचारकर्मीहरुलाई उपमहानगरले सूचना सहज रुपमा पाउने वातावरणको सृजना गर्न आग्रह समेत गरेका थिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघका सल्लाहकार खिमानन्द भट्टराई, दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी, महासंघ रुपन्देहीका सचिव विनोद परियार, नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा, पत्रकार एन.बी. कंडेल, सुदिप भण्डारी, विकास पराजुली लगायतले उपमहानगरले बनाउने नीति तथा कार्यक्रम र बजेट संचारमैत्रीहरु हुनुपर्नेमा जोड दिनु भएको थियोे ।

 

संचारकर्मीहरुको सुझावको जवाफ दिँदै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगर नीति कार्यक्रम र बजेट संचारमैत्री बनाउनका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ । बुटवल उपमहानगरले बनाउने नीति तथा कार्यक्रम र बजेटमा संचार क्षेत्र र संचारकर्मीहरुका समस्यालाई समाधान गर्नका लागि समस्याहरु के कस्ता छन् र ती समस्यालाई समाधान गर्नका लागि बजेट निर्माणको पूर्वसन्ध्यामा संचारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ ।

 

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता, उपहानगरपालिकाका सूचना अधिकारी मित्रमणि खनालको संचालन,प्रवक्ता शिव रानाको स्वागतमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार, पदाधिकारी, विभिन्न पत्रकार सम्बद्ध संगठनका प्रतिनिधि लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।ग्लोबल आवाज

 

प्रकाशित मिति: २०२२-०६-२१ , समय : १६:५३:२३ , २ वर्ष अगाडि