रुपन्देहीको भैरहवामा पैदलयात्रीलाई मोटरसाइकले ठक्कर दिदा दुई जना घाइते

उर्मिला यादव यात्री , ३८७४  पटक हेरिएको

भैरहवा, जेठ ७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ हाटबजारमा सवारी दुर्घटना हुदा दुई जना घाइते भएका छन । घाइते हुनेमा बर्दिया घर भइ हाल सिद्धार्थनगर नगरपालिकाको निर्माणाधिन भवनमा लेबरको काम गर्दै आएका २६ बर्षिय प्रशान्त चौधरी रहेका छन भने एक जनाको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

भटटका अनुसार आज दिउसो सिनपा १३ हाटबजार स्थित मालपोत कार्यालय तर्फ आउदै गरेको लु ५० प ३९५८ नम्बरको मोटरसाइकलले पैदलयात्री चौधरीलाई ठक्कर दिएको हो । नाम वतन खुल्न नसकेको अन्दाजी ३० बर्षिय मोटरसाइकल चालक र चौधरीको टाउको चोट लागी अवस्था गम्भिर रहेकोले उपचारका लागी मेडिकल कलेज भैरहवामा पठाइएको भटटले जानकारी दिनु भएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०५-२० , समय : १७:०५:४३ , ५ महिना अगाडि